घाँटीमा चक्कु हानी स्याङ्जामा १६ महिने बालकको हत्या

समाधान संवाददाता २०७८ पुष २८ गते १९:०९

पोखरा ।


घाँटीमा चक्कु प्रहार गरि स्याङ्जामा १६ महिने शिशुको हत्या भएको छ । बुधबार दिँउसो १ बजे चक्कु प्रहार भएको हो ।

बालिङ नगरपालिका १२ सिर्सीबाटमा १६ महिने साइमन गुरुङको हत्या भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।
हत्यामा संलग्न भएको अभियोगमा त्यही घरमा डेरा बस्दै आएका ३३ वर्षीय जीतेन्द्र गुरुङ पक्राउ परेका छन् ।

Advertisement

चक्कु प्रहारपछि साइमनलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएकामा पुर्‍याइएपछि डाक्टरले उनलाई मृत घोषण गरिदिएका हो । प्रहरीका अनुसार नाबालक साइमानकी ५ वर्षीया दिदी साइना पनि घाइते भएकी छन् ।


दिदीको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । नाबालकलाई किन चक्कु प्रहार गरे भन्ने कुरा अहिलेसम्म खुलेका छैन ।

Advertisement

तपाईको प्रतिक्रिया