फेवातालमा वृद्धकाे शव फेला, पहिचान खुलेन

समाधान संवाददाता २०७८ पुष ३० गते २०:०१
फाइल फाेटाे

पोखरा ।
पोखराको फेवातालमा एक जनाको लास फेला परेको छ । अन्दाजि ८० वर्षीय वृद्ध फेवातालमा तैरिरहेको अवस्थामा शुक्रबार बिहान फेला परेको कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।


वृद्धको लासलाई तालबाट निकालेर पोष्टमार्टमका लागि पश्चिमान्चल अस्पताल पठाइएको छ । मृतको पहिचान भने नखुलेको तिवारीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया