स्वास्थ्य
नेपाली सेनाको पहलमा निःशुल्क स्वास्थ्य शिविर तथा सचेतना

जोमसोम—
मुस्ताङको थासाङ गाउपालिकालाई केन्द्रित गरी नेपाली सेनाको पहलमा शनिबार निःशुल्क स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रम गरिएको छ ।थासाङ—३ को लेते प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर आयोजना भएको थासाङ गाउँपालिकाका स्वास्थ्य संयोजक सिताराम कार्कीले जानकारी दिए ।
सेनाको पहलमा भएको स्वास्थ्य शिविरका लागि थासाङ गाउँपालिका,जिल्ला प्रशासन कार्यालय मुस्ताङ,स्वास्थ्य कार्यालय र जिल्ला अस्पताल जोमसोमले समन्वय गरेका थिए ।शिविरमा नेपाली सेनाका चिकित्सकसहित पालिका र अस्पतालमा कार्यरत एक दर्जन बढी बिषयगत चिकित्सकहरुले स्वास्थ्य चेकजाच गरेको स्वास्थ्य संयोजक कार्कीले बताए ।हिउँदयामको चिसो मौसममा समेत मुस्ताङको तल्लो क्षेत्रका उल्लेख्य स्थानीयबासीले स्वास्थ्य सेवा लिन सहभागीता जनाएका थिए ।चिसो मौसमको परवाह नगरी स्थानीयले स्वास्थ्य सेवा लिन शिविरमा उपस्थित भएको स्वास्थ्य सयोजक कार्कीले उल्लेख गरे ।

नेपाली सेनाको पहलमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ओपिडी सेवा, बाल रोग ,नेत्र रोग,आखा रोग,दन्त रोग, महिलाको पाठेघर रोग र भिडियो एक्सरे लगायतका स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।शिविरमा नेत्र रोग सम्वन्धि १ सय ५०,बाल रोग सम्वन्धि ३७,महिलाको पाठेघर सम्वन्धि ३०,दन्त सम्वन्धि ३२ र भिडियो एक्सरे ८४ जना गरी कुल २ सय ६३ जना बिरामी लाभान्वित भएको स्वास्थ्य सयोजक कार्कीले जानकारी दिए ।हिउँदयामको माईनस डिग्री तापक्रममा समेत अपेक्षा गरिएको भन्दा उल्लेख्य मात्रामा स्थानीयको सहभागी रहेको उनले बताए ।
यस्तै,नेपाली सेनाको पहलमा भएको निःशुल्क स्वास्थ्य शिविरमा आउने बिरामीका लागि थासाङ गाउपालिकाले यातायात र खाना खाजाको व्यवस्था उपलब्ध गराएको स्वास्थ्य संयोजक कार्कीले बताए ।शिविरमा आएका बिरामीकालाई नेपाली सेना,स्वास्थ्य कार्यालय र थासाङ गापाको स्वास्थ्य शाखाले निःशुल्क औषधिको ब्यवस्था मिलाएका थिए ।
कोरोनाको भाईरसको तेश्रो लहर बढिरहेको बेला शिविरमा आउने बिरामीलाई स्वास्थ्य सचेतना सम्वन्धि जानकारी गराईएको थियो । स्वास्थ्यकर्मीले कोरोनाको जोखिममा सुरक्षित रहन अनिवार्य माक्स र सेनेटाईजरको प्रयोग गर्न,भीडभाडका कार्यक्रम नजान,सामाजिक दुरी कायम गरी कोरनाबाट सुरक्षित रहने सकिने स्थानीयलाई सुझाएका थिए ।हिउँदयामको चिसो मौसम भएकाले मुस्ताङ सुनसान छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
पोखरा कलेजमा तालिम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया