तनहुँमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

समाधान संवाददाता २०७८ माघ १ गते १५:०३

सबिन लामिछाने
दमौली – बन्दीपुर गाउँपालिका वडा नम्बर ६ धरमपानीमा शुक्रबार साँझ जिप दुर्घटना हुँदा छ यात्रुको ज्यान गएको छ । दुघर्टनामा परी अन्य ८ यात्रु घाइते भएका छन ।


बन्दीपुर गाउँपालिकाको वडा नम्बर ६ बाक्सेबाट धरमपानी जाँदै गरेको ग १ ज ६५५५ नम्बर को जिप हटिया भन्ने ठाउँमा सडकबाट करिब १ सय मिटर तल खस्दा बन्दीपुर गाउँपालिका वडा नम्बर ६ धरमपानी बस्ने ९ महिने बालिका आरूबि थापा, २३ बर्षिय रोशन गुरूङ, ५३ बर्षिय हरि बहादुर न्यौपाने, ४८ बर्षिया सुशिलादेवी न्यौपाने, ७६ बर्षीया बिममाया गुरुङ र ४३ बर्षीय सुक बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उपचारका लागि बन्दीपुर अस्पताल लगिएका उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको हो ।


दुर्घटनामा परी १६ बर्षिया सनिसा थापा, ७ महिनाकी बिबिसा मगर, ४८ बर्षीया ममकुली गुरुङ, २२ बर्षीया कुमारी गुरुङ, २१ बर्षीया जमुना थापा, १८ बर्षीय कुमार थापा, २० बर्षीय दान बहादुर थापा र २१ बर्षीय बिपिन थापा घाइते भएका छन । घाइते मध्ये केहीको बन्दीपुर अस्पतालमा र केहीलाई थप उपचारका लागि भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ज्यान गुमाउने मानिसको शब दमौली ल्याइएको छ ।

Advertisement


दुर्घटना लगतै घाइतेको उद्धारका लागि गाउँपालिकाको गाडी घटनास्थलमा पठाएर घाइतेलाई उपचारका लागि बन्दीपुर अस्पताल ल्याइएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए । दुर्घटना भएको जीपमा १४ यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया