एमआरआर पाेखराले गर्याे ७५ यूनिट रगत संकलन

एमआरआर पोखराले शनिबार रक्तदान कार्यक्रममा गरेकाे छ ।
कार्यक्रम मार्फत ग्रुपले ७५ युनिट रगत संकलन भएको कार्यक्रमका संयाजक यूनिक क्षेत्रले जानकरी दिए । उनका अनुसार बढ्दाे कोभिड महामारीमाबेला रगत अभावलाई हुन नदिन ग्रुपले रक्तदान कार्यक्रम गरेकाे हाे ।
फेस्बुकबाट सामाजिक क्रियाकलापमा सक्रिय एमआरआरले सामजिक क्षेत्रमा काम गर्दै अाइरहेकाे छ । ‘कोभिडका समयमा हुन सक्ने सम्भावित रगत अभावलाई परिपूर्ति गर्ने उद्देश्यले हामीले रक्तदान गरेर रगत संकलन गरेका हाैं,’ यूनिकले भने ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख अमृत बहादुर बस्नेतले कार्यक्रमकाे प्रमुख अतिथि गरेका थिए । ग्रुपले गरेकाे काम समय सान्दर्भिक भएकाे बस्नेतले बताए । ‘अागमी दिनमा पनि समाजका लागि युवहरूले यस्ता काम गर्नुपर्छ। कार्यक्रमले सबैलाई सकारात्मक बनाएयाे,’ बस्नेतले भने ।
एमआरआरले सामाजिक सेवा प्रवाह गर्ने उद्देश्य स्वरुप खोलिएको संस्था हाे । एमअार अारका धेरै यूवाहरू कार्यक्रममा सहभागी भएर रगत संकलन गरेका थिए । ग्रुप संचालनमा आएको १० वर्ष पुगिसकेकाे छ ।
सुजन ढकालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । उनले रक्तदान कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सम्पूर्ण रक्तदाता एंव संघसंस्थालाई धन्यवाद दिएका छन् । आगामी समयमा पनि एमआरआरले थप सक्रिय भएर लागने उनले बताए । कार्यक्रमको संयोजन क्षेत्री र रिदम बास्तोकोटी गरेका थिए ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया