बतास समूहलाई पशुपति धर्मशाला दिने सम्झौता रद्द गर्न सिफारिस

समाधान संवाददाता २०७८ माघ ३ गते १७:२१

पोखरा ।

पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता खारेज गर्न सोमबार छानविन समितिले सिफारिस गरेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रीको प्रस्तावमा पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले गठन गरेको छानविन समितिले बतास समूहसँगको सम्झौता खारेज गर्न सिफारिस गरेको हो । धर्मशाला भाडामा लिएर महँगोमा होटल चलाएको भन्दै आलोचना भइरहेको छ ।

सोमबार छानविन समितिका संयोजक तथा कोषका कोषाध्यक्ष नारायण सुवेदीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनन मन्त्रालयका सचिव तथा परिषदका सदस्य महेश्वर न्यौपानेलाई प्रतिवेदन बुझाएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया