पूर्व मुख्यन्त्री गुरुङलाई दोस्रोपटक कोभिड संक्रमण

समाधान संवाददाता २०७८ माघ ३ गते १८:३१

पोखरा ।

एमाले उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना भाइरस रोग (कोभिड १९) संक्रमण भएको छ । प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालमा आज गरिएको परीक्षण नतिजाले उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमणपछि गुरुङ पोखरा १२ स्थित निवासको आइसोलेसनमा छन् । उनको स्वास्थ्यमा खास अप्ठेरो नदेखिएको उनका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए । गुरुङलाई दोस्रोपटक संक्रमण भएको हो । उनी मुख्यमन्त्री छँदै २०७८ जेठमा पहिलोपटक संक्रमण भएको थियो । त्यति बेला ४२ दिनमा उनी निको भएका थिए ।

Advertisement

पूर्वमुख्यमन्त्री गुरुङले आफूसँग सम्पर्कमा भएकाहरुलाई स्वास्थ्य जाँच गर्दै सुरक्षित रहन आग्रह गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया