चालिसे मोटर्स सुजुकी स्वरुम नयाँबजारमा

समाधान संवाददाता २०७८ माघ ४ गते १२:३५

पोखरा ।
पोखराको नयाँबजारमा सुजुकी टु हुइलर्सको गण्डकी डिलर खुलेको छ । चालिसे मोटर्स प्रालिले सोमबारदेखि सुजुकी टु हुइलर्सको डिलरसिप लिएको हो । पोखरा नयाँबजारमा स्थित नयाँ स्वरुममा सुजुकी ब्रुगम्यान र एक्सेस मोडल अवलोकन गरी नेपाल ओटोमोबाइल एसोसियसन(नाडा)का वरिष्ठ उपाध्यक्ष कृष्ण श्रेष्ठले सोरुम उद्घाटन गरे ।


उद्घाटनको उपलक्ष्यमा सुजुकी एक्सेसमा विशेष छुट दिइएको म्यानेजर राजेन्द्र जिसीले बताए । सोरुमबाट बेचिने हुने हरेक एक्सेसमा विशेष छुट, १ वर्षको कर छुट, ४ पटकको सर्भिसिङ सित्तैमा, ५ वर्ष इन्जिन वारेन्टी, १ वर्षको ब्याट्री वारेन्टीका साथै एक्सचेन्जमा ३ सय ६५ दिन नै बजार मूल्यांकन भन्दा बढी मूल्य दिइने जिसीले जानकारी दिए ।


उनले एक्सेसमा टोलिस्कोपिक सक, एफआइ इन्जिन, मेटल बडी र माइलेज कम्तीमा ४५ किलोमिटर प्रतिलिटर रहेको जनाए । जिसी भन्छन्, ‘एक्सेसमा रहेको टोलिस्कोपिक सकले आरामदायी यात्रा प्रदान गर्छ । यसले अन्य टु हुइलर्समा जस्तो डाँड दुख्ने समस्या हुन दिदैन ।’
सोरुममा बाइक मोडलको ब्रुगम्यान १२५ सिसी स्कुटर पनि उपलब्ध छ । १ सय १० केजीको ब्रुगम्यान लामो दूरीको यात्राको लागि उपयुक्त मानिन्छ । रोट्रो स्टाइलको यो स्कुटर ९६ किलोमिटर प्रति घण्टाको रफ्तारसम्म चलाउन सकिने कम्पनीको दाबी छ । यसको माइलेज ४८ किलोमिटर प्रतिलिटर छ । ब्रुगम्यानको बडी फाइबरको छ ।

Advertisement


समारोहमा नाडाका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले चालिसे मोटर्सलाई नयाँ व्यवसाय थालनी गरेकोमा शुभकामना दिए । आफूसँग सुजुकीको टु हुइलर्सको ३२ वर्ष लामो अनुभव रहेको भन्दै उनले सुजुकी उत्कृष्ट कम्पनी भएको उल्लेख गरे । उनी भन्छन्, ‘उत्कृष्ट कम्पनीको डिलरसिप लिएको चालिसे मोटर्सले पोखरेलीलाई गुणस्तरीय सेवा दिनेमा विश्वस्त छु’ ।


चालिसे मोटर्स प्रालिका सञ्चालक दीपेन्द्र चालिसेले ३ महिनाको प्रयासपछि डिलरसिप पाएको उल्लेख गरे । पोखरामा खेलकुद सामग्रीको व्यापार गर्दै आएका उनले अब सुजुकीमार्फत पोखरेलीलाई सेवा दिने जनाए ।
नयाँ सुजुकी सोरुमका पहिलो ग्राहक विमोज पौडेलले सुजुकी एक्सेस बिएस सिक्स ब्लु किने । उनलाई सम्मानसहित विशेष छुटका साथ सञ्चालक चालिसेले स्कुटरको चाबी हस्तान्तरण गरे ।

Advertisement

तपाईको प्रतिक्रिया