कास्कीमा १२ सय सक्रिय संक्रमित

समाधान संवाददाता २०७८ माघ ५ गते १३:०३

पोखरा ।
कास्कीमा सोमबारसम्म सक्रिय संक्रमित १ हजार २ सय १६ पुगेका छन् । स्वास्थय निर्देशनालय गण्डकी प्रदेशका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा प्रदेशभर ६ सय २६ जनामा संक्रमण पुष्टि हुँदा कास्कीमा मात्रै ३ सय ४७ संक्रमित थपिए ।


संक्रमित हुनेमा स्याङ्जाका ६९, लमजुङमा, तनहँुमा ४१, बागलुङमा ३८, नवलपुर २६, म्याग्दीमा २५, गोरखामा २२, पर्वतमा ७ र मुस्ताङमा १ जना छन् । कास्कीसहित प्रदेशभर नै संक्रमणको जोखिममा बढ्दै गएको छ ।


गण्डकीमा २ हजार १ सय २० सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा १६ जना संक्रमण मुक्त भएका छन् । हाल प्रदेशभर २ हजार ६८ संक्रमित होम आइसोलेसनमा छन् । अस्पतालमा ५२ संक्रमित रहेको निर्देशनालयले जनाएको छ । हाइडिपेन्डेन्सी युनिटमा १४, आइसियुमा १७ र साधारण बेडतर्फ २१ संक्रमित छन् ।

Advertisement


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १० हजार २ सय ५८ कोभिड संक्रमित थपिएका छन् । संक्रमण मुक्त हुनेको संख्या ५ सय ६२ रहँदा १ को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ लाख १३ हजार १ सय ४८ व्यक्तिले खेप लगाएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

तपाईको प्रतिक्रिया