डुम्रे–बेंसीसहर सडक २ लेन बनाइने

समाधान संवाददाता २०७८ माघ ५ गते १३:१४

लमजुङ ।
लमजुङ र तनहुँ जोड्ने डुम्रे–बेंसीसहर सडक २ लेनको बनाउन थालिएको छ । छिमेकी जिल्ला तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण गर्न लागिएको उक्त सडक अहिले डुम्रे बजार नजिकैबाट २ लेनको बनाउन थालिएको डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका इन्जिनीयर पुरुषोत्तम अधिकारीले बताए ।


उनले भने, ‘डुम्रे बजारबाट २ सय २० मिटरदेखि ८ दशमलव ३ किलोमिटर चाम्बाससम्म पहिलो चरणमा २ लेन सडक बनाउन थालिएको हो । राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५÷१५ मिटरको हुने भएको छ । ’


१०÷१० मिटर जमिनको लगतकट्टा भइसकेको छ भने अधिग्रहण गरिएमध्ये चौडाइ ११ मिटरमा सडकको संरचना बन्ने भएको छ । यसअघि ३ दशमलव ७५ मिटरको क्यारिज वे (भारवाहन सडक) रहेकामा अब ७ मिटरको हुने उक्त आयोजनाले जनाएको छ । दायाँबायाँ एक। एक मिटरको ‘सोल्जर’ तथा एक÷एक मिटरको नाली निर्माण गरिने भएको छ ।

Advertisement

अहिले सडकको नाली बनाउने, चौडाइ पु¥याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउनेलगायत निर्माण कार्य भइरहेको छ । आयोजनाका अनुसार सडकमा ‘अस्फाल्ट’ किसिमको कालोपत्र हुनेछ भने कालोपत्र सकिएपछि सडक रङ्गरोगन गर्ने र किलोमिटर पोस्ट राखिने भएको छ । हालसम्म १५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । ८ दशमलव ८ किलोमिटर सडक विसं २०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशीष अनेस्ट जेभीले गत वैशाख २२ गते ठेक्का सम्झौता गरेको थियो ।


डुम्रे बेंसीसहर सडक ४२ किलोमिटर लामो छ । यस सडकको तनहुँ डुम्रेदेखि लमजुङकोे सिमाना पाउदी बजारसम्म २४ किलोमिटर छ । सडकका लागि भ्याट र पिएसबाहेक ७५ करोड ९४ लाख ९७ हजार लागत अनुमान गरिएकामा उक्त जेभीले ३८ करोड ९ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको थियो । पहिलो चरणको निर्माण सकिएलगत्तै सडकको अन्य कामसमेत अघि बढाइने बताइएको छ ।

Advertisement


छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट विसं २०२९ मा खन्न सुरु गरिएको उक्त सडक बेँसीसहरसम्मको ४२ किलोमिटरसम्म पु¥याउन झण्डै १५ वर्ष लागेको थियो । विसं २०४६ मा ट्याक खुलेसँगै विसंं २०५२ देखि सिंगल लेनको कालोपत्र थालिएको थियो । सुरु गरेको ४ वर्षको अवधिमा ४२ किलोमिटर सडक कालोपत्र गरिएकोे थियो । कालोपत्रे भए पछि समय समयमा मर्मतसम्भार हुन नसक्दा सडक जीर्ण बन्दै गएको थियो ।
उक्त सडकमा दैनिक सयौं साना तथा ठूला सवारीसाधन चल्छन् । डुम्रे बेँसीसहरको उक्त सडकहुँदै हिमाली जिल्ला मनाङका बासिन्दासमेत आवतजावत गर्दै आएका छन् । यी सडक २ लेन भई कालोपत्र भए तीनै जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

तपाईको प्रतिक्रिया