ब्रेकिङ न्युज

मुस्ताङको एक किराना पसलमा आगलागी

सुन्दरकुमार थकाली २०७८ माघ ५ गते २०:३३
फोटो ःकिनारा पसलमा आगलागी । तस्विर ःसुनिल परियार


जोमसोम—

Advertisement

मुस्ताङको घरपझोङ गाउपालिका—३ पुथाङ एअरपोर्ट स्थित सहारा फ्रेस हाउस एण्ड किराना पसलमा बुधबार साँझ करिव ७ः ४५ बजे अचानक आगलागी भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।पुथाङ एअरपोर्ट स्थित देव तामाङको पसलमा आगलागी भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।


किराना पसलमा आगलागी भएको सूचना प्राप्त भएपछि नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको टोली आगो नियन्त्रणमा लिन घटना स्थलमा पुगेका थिए ।प्रजिअ शर्माले सुरक्षा निकाय र स्थानीयबासीको सहयोगमा अहिले आगो नियन्त्रणमा आईसकेको बताए ।यसअघि सुरक्षा निकाय र स्थानीयले आगलागी भएको पसलबाट ग्यास सिलिन्डरसहित अन्य सामान बाहिर निकालेले थिए । ‘«पसलमा अचानक आगलागी भयो,अहिले आगो नियन्त्रणमा आईसकेको छ ,’प्रजिअ शमौले भने,‘आगलागीबाट भएको क्षति विवरण संकलन हुँदैछ ।’ प्रजिअ शर्माले आगलागीको कारण खुल्न नसकेको बताए ।


यस्तै, पसलमा अचानक आगलागी भएपछि पसल सञ्चालक तामाङको आधा जसो सामान जलेर नष्ट भएको स्थानीय पेमा छेतेन बिकले जानकारी दिए । उनका अनुसार सुरक्षा निकाय र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको र अन्य घरमा फैलिन नपाएको उल्लेख गरे ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया