काभ्रेभीर सडकमा ठिङ्ग ठडियो ट्रक

समाधान संवाददाता २०७८ माघ ६ गते १२:०९
फोटो क्याप्सन ः सडकमै ठडियो ट्रक । तस्विर ःसुन्दरकुमार थकाली


जोमसोम—

सडकमा गुड्दै गरेका सवारी साधन अनियन्त्रित भई दुर्घटना हुँदा गुल्टिन्छन्,पल्टिन्छन् कि त सडक किनारामा ठोकिने गर्छन्।तर ,राष्ट्रिय गौरवको ७६ किमी बेनी—जोमसोम सडक अन्तर्गत काभे्रभीरमा यो भन्दा फरक शैलीमा निर्माण सामाग्री बोकेको ट्रक आश्चार्य लाग्दो तरिकाले सडकमै ठिङ्ग ठडिन पुग्यो ।
बुधबार पोखराबाट सिमेन्ट लोड गरी मुस्ताङतर्फ जादै गरेको ग १ ख ८०८० नम्बरको मालवाहक ट्रक करिव दिउँसो २ बजेको समयमा सडकमै ठिङ्ग ठडिन पुग्यो । झन्डै २ सय बोरा सिमेन्ट बोकेर मुस्ताङ जादै गरेको ट्रक काभे्रभीरको सडक दुरअवस्थाका कारण उकालो तान्न सकेन ।केही बेर भिरालो सतहमा ट्रक तल माथि भई रह्यो र ट्रकमा लोड गरिएको सिमेन्ट पछाडीको भागमा स¥यो ।ट्रकको पछाडीको भागमा बढी र अगाडीको भागमा कम वजन भएपछि ट्रक सडकमै ठडिन पुगेको बेनी—जोमसोम सडकका सुपरभाईजर ईन्द्रसिंह शेरचनले जानकारी दिए । उनका अनुसार ट्रक सडकमै ठडिएपछि चालकको होस ह्वास उड्यो । काभे्रभीरको जोखिम स्थानमा ट्रक ठडिएपनि डरलाग्दो दुर्घटना टरेको सुपरभाईजर शेरचनले बताए । ट्रक सडकमा ठडिएको दुई घण्टापछि शर्मा गजुरमुखी बे्रकर उपकरको सहायताले ट्रकलाई डाउन गरी बाहिर निकाल्न सफल भएको उनले जनाए ।
बेनी—जोमसोम सडकको सबैभन्दा सकिन्छ । साँघुरो र निर्माणधिन सडक भएकाले सडक जिक ज्याकको अवस्थामा छ । त्यहाँ कालिगण्डकी करिडोर अन्तर्गत शर्मा गजुरमुखी कन्ट्रक्सनले रक कटिङ गरेर सडक चौडा गर्दैछ ।यसका कारण कतिपय स्थानमा सडकको ग्रेड सन्तुलित नहुँदा सवारी साधनलाई आवत—जावतमा समस्या पर्ने गरेको छ ।


Advertisement

तपाईको प्रतिक्रिया