आहा रारा गोल्डकप फुटबल
कस्तो होला एपिएफ र भुटानीको प्रतिस्पर्धा ?

अभिषेक अधिकारी । पोखरा
शनिबार पोखरा रंगशालामा २०औं आहारारा गोल्डप अन्तर्गत अमेरिकाबाट आमन्त्रित भुटनिज युथ स्पोर्टस क्लब र एपिएफ फुटबल क्लब बिच हँुदै छ । उद्घाटन खेलमा नै आफ्नो उत्कृष्ट खेलमा नै एट्याकिङ र डिफेन्सिभको उत्कृष्ट खेल पस्केको एपिएफले अब क्वार्टरफइनलमा विदेशी टोली भुटनिजको सामना गर्नुपर्ने छ ।
भुटनिज प्रशिक्षक प्रलय राजभण्डारी नेपालका पूर्व राष्ट्रिय खेलाडी साथै थ्रि स्टारका समेत पूर्व खेलाडी हुन् । उनले खेलाडीका रुपमा अहारारको उपाधि २ पटक जितेका छन् । एफिएफका प्रशिक्षक कुमार थापा प्रलयराजभन्दा सिनियर खेलाडी हुन् । समाधानसँग कुरा गर्दै प्रलयले एपिएफले लिगमा भन्दा आहारारामा आफ्नो टिमलाई निकै बलियो बनाएको बताए । उनले एपिएफका डिफेन्डर अदमा दउम्बा र स्टराइकर अरमान्द बिउडाउनको तारिफ गरेका छन् ।
डिफेन्डर अदमाको रफ्तार घोडाको छ । अग्लो कदका उनी यति तेज छन् कि केही क्षणमै डिफेन्स सम्हालने र मौका आउनासाथ कतिबेला एट्याकिङमा उत्रन्छन् विपक्षीले सोच्न समेत भ्याउँदैनन् । सहारासँगको खेलमा उनले प्रहार गरेको हेडिङ व्रmसबारमा लागेर बाहिरिँदा गोलकिपर अभिषेक बरालले बल आएको चालसमेत पाएका थिएनन् । भुटनिजका लागि अदमा निकै खतरा बन्न सक्छन् । एपिएफका गोलरक्षक कुरियामा युयाले भने सहारासँगको खेल अवधिभर उत्कृष्ट बचाउ गर्ने अवसरनै पाएका थिएनन् । उनको पोखरामा पहिलो पटक खेल्न आएका हुन् ।
गोलकिपरमा एक जापानी खेलाडी, एक अफ्रिकी मुलका डिफेन्डर र स्टराइकरका साथ प्रतियोगितामा उत्रिएको एपिएफ अब प्रलयराज भण्डारीको प्रशिक्षणमा रहेको भुटनिज युथ स्पोर्टसँग शनिबार प्रतिस्पर्धा गर्दै छ ।
भुटनिज टिम डिसेम्बर २९ मा काडमाडौं ओर्लिएको थियो । जनावरी २ देखि झापामा प्रशिक्षण गरेको भुटनिज ३ अभ्यास खेलमा जित हात पारेको भुटनिजको अत्मबल उच्च छ । प्रशिक्षक प्रलयराजले समाधानसँगको कुराकानीमा आफ्नो टिममा ११ भुटनिज खेलाडी ३ नेपाली खेलाडी र ९ अमेरीकी खेलाडी रहेको बताए । नेपाली राष्ट्रिय अन्डर १६ टोलीक पूर्व गोलरक्षक दिनेश थापा मगर टोलीका कप्तानी गर्ने प्रलयराज बताउँछन् । भुटनिज टेलीमा आबद नेपालका धीरज तामाङ, भुटानका पेमा दोक्पा र सम्पूर्ण अमेरिकी मुलका खेलाडीहरु उत्कृष्ट लयमा रहेको प्रशिक्षक प्रलयराजले बताए ।
खेलाडीका रुपमा सफल एपिएफ कोच कुमार थापा प्रशिक्षणमा समेत उत्कृष्ट सावित गर्न तल्लीन छन् । सहारासँगको खेलको अघिल्लो दिन उनले समाधानलाई भनेका थिए कुनै पनि टिमलाई कमजोर ठान्नुनै मूर्खता हुन्छ । पहिलो खेलमा सहारालाई हराएसँगै उत्कृष्ट सुरुआत गरेको एपिएफ निकै राम्रो लयमा छ । कप्तान नवीन लामा पनि पहिलो खेलमा राम्रो लयमा थिए । स्टराइकर नवीनसँगै मिडफिल्डर मणीलामाले पनि उत्कृष्ट खेल प्रदर्शन रह्यो । मणिले प्रतियोगितामा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । एट्याकिङ र डिफेन्स दुवैमा अब्बल एपिएफ र माइन्ड गेममा माहिर भुटनिज युथ स्पोर्टसबीचको खेल निकै रोमाञ्चक हुने अनुमान छ ।









सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया