एमाले अध्यक्ष ओलीलाई काेराेना, पत्नी राधिका पनि संक्रमित

समाधान संवाददाता २०७८ माघ ९ गते ११:३७

समाधान संवाददाता, पाेखरा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई काेराेना संक्रमण पुष्टी भएकाे छ । अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य पनि संक्रमित भएकाे एमाले उच्च श्राेतले जानकारी दिएकाे छ ।

एमाले अध्यक्ष ओलीले आजका लागि पत्रकार सम्मेलनकाे आयाेजना गरेका थिए । तर ओली संक्रमित भएपछि पार्टीले वक्तब्य जारी गर्ने तयारी गरेकाे छ ।

Advertisement

काेराेना संक्रमित भएपछि ओली दम्पति बालकाेटस्थित घर मै आइशाेलेशनमा बसेका छन् । दुवै जनाकाे स्वास्थ्य अवस्था सामान्य भएकाे बताइएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया