पुलिसलाई रोक्दै मनाङ सेमीमा

अभिषेक अधिकारी २०७८ माघ ९ गते २०:१८

अभिषेक अधिकारी
पोखरा ।


आहारारा गोल्ड कपको दोस्रो क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब सोमिफाइनल प्रवेश गरेको छ । मनाङको जितमा रुपेश केसी र अफिज ओलावालेले समान १ गोल गरे ।

Advertisement


आइतबारको खेलमा दुवै टोलीले ४–३–२–१ को फर्मेसनमा खेलेका थिए । खेलको पहिलो मिनेटमा नै पुलिसका डिफेन्डर सुमन सुवेदीले लामो दूरीको पास दिए । उक्त प्रहार मनाङका डिफेन्डरले सम्हाल्ने व्रmममा आफ्नै गोल पोस्टको बाटो पु¥याए । बल बाउन्स हुँदै व्रmसबारको केही माथिबाट गुज्रियो र मनाङको समस्या ट¥यो ।


खेलको १० औं मिनेटमा मनाङ डिफेन्डर सुवेदीले दिएकोलामो पास पुलिसको डिबक्समा पुग्यो । बल भेट्न पुगेका मनाङका अलुवाउवमी एडेल्फा र अफिज अलावलेले पुलिसका २ डिफेन्डरलाई मार्क गरे । बल भेट्ने क्रममा एडेल्फाको हाइफुट फाउलले गर्दा मनाङले पहिलो अग्रता लिन सकेन ।

Advertisement


डिबक्स नजिक मनाङ मिडफिल्डर राजेश परियारलाई पुलिस डिफेन्डर सन्तोष हेर्मानले फाउल गरेपछि पाएको फ्रिकिकलाई मनाङले सदुपयोग गर्न सकेन । मिडफिल्डर राजेशले गरेको प्रहार सिधै गोलकिपर सञ्जित श्रेष्ठको हातमा प¥यो ।


पुलिसका रवि पासवानले मनाङ मिडफिल्डर दयानन्द सिंहको बल मैदानको बीच भागबाट खेस्दै एक्लै डिबक्स नजिक पु¥याए । खेलको २७ औं मिनेटमा रविको लामो दूरीको प्रहार गोलरक्षक अशोक बरालले सजिलै बचाए ।


पुलिसका रवि पासवानलाई मनाङका दयानन्द सिंहले लडाएपछि खेलको ४० औंै मिनेटमा डिबक्स नजिकै पाएको फ्रिकिकलाई पुलिसले सदुपोयोग गर्न सकेन । प्रताप गुरुङले फ्रिकिकबाट कटाएको पासलाई सुमन सुवेदीले भेट्नै सकेनन् ।


पहिलो हाफको अन्तिम मिनेटमा मनाङका मिडफिल्डरले कटाएको लामो दूरीको पासलाई अलावालेले पुलिसको डिबक्सभित्र भेटे । पोस्टमा प्रहार गरेको ओलावालेको बललाई पुलिस गोलरक्षक सञ्जित श्रेष्ठले सजिलै बचाउ गरे । पहिलो हाफको अन्त्यमा ३ मिनेट समय थप गरिए पनि दुवै टिमले गेल गरेनन् ।


पहिलो हाफमा मनाङले भने केही उत्कृष्ट अवसर सृजना गरेको थियोे । दोस्रो हाफको सुरुवातमा पुलिसका पूर्व राष्ट्रिय टोलीका फर्वाड जुमानु राई क्याप्टेनको आर्म ब्यान्डसहित प्रताप गुरुङको विकल्पमा मैदानमा उत्रिए । तर उनको जादू खेल अवधिभर कत्ति पनि चलेन ।
खेलको ६२ औं मिनेटमा पुलिसले पुनः फ्रिकिकको अवसर पायो । फर्वड निरकुमार थापाले प्रहार गरेको बल पोस्टको निकै टाढाबाट बाहिरियो । खेलको ६४ औं मिनेटमा पुलिस डिफेन्डर अजित भण्डारीले आफ्नो डिबक्सभित्र पाएको ब्याक पास सम्हाल्न नसक्दा मनाङका ओलावालेले बल खोसे । ओलावालेले मिडफिल्डरबाट पाएको अवसरलाई आफ्नो मिडफिल्डर रुपेश केसीको जिम्मा लाए । रुपेशले पाएको अवसरलाई बल बाउन्स गर्दै उत्कृष्ट गोल गरे ।


मनाङका गोलकिपर अशोक बराललाई ओलावालेलाई लामो दूरीको पास दिए । तर उक्त बल अफसाइड ठहरियो । केही निराश भएका उनले पुलिस गोलरक्षक सन्जित श्रेष्ठलाई बल लिन जाने क्रममा बल मैदानबाहिर पु¥याउन खोजेको भन्दै पहेलो कार्ड पाए । खेलको ८४ औं मिनेटमा पुलिसका जुमानु राईले उत्कृष्ट अवसर पाए । उनी मनाङका २ डिफेन्डर नजिक थिए । तर गोल गर्न पोस्टको ५ यार्डभन्दा नजिक । जुमानुले गर्न चाहेको प्रहार उनको खुट्टबाट आफैं हड्बडिएर बिना कुनै विपक्षीको हस्तक्षेत्र बिना नै खेर गयो । जुमानुको तर्फबाट उत्कृष्ट प्रदर्शन पर्खिएका दर्शकले निराशाजनक प्रस्तुति देखे ।


मनाङको पहिलो गोलमा एसिस्ट गरेका ओलावालेले पुलिसका मिडफिल्डर भोलानाथ सिलवालसँग मैदानको बीचबाट नै बल खेसे । ओलावलेले एक्लै बल डिब्र्लिङका साथ पुनः सिलवाल र डिफेन्डर अजित भण्डारीलाई बिट गर्दै अघि बढेका उनले अन्त्यमा पुलिस गोलरक्षक सञ्जितलाई बिट गर्दै शानदार गोल गरे ।


उनले खेलको इन्जुरी समयमा पुनः दोस्रो व्यक्तिगत अग्रता बनाउने अवसर पाए । तर गोलरक्षक सञ्जितले शानदार ट्याकलका साथ खतरा टारे । २० औं आहाराराको पहिलो खेलमा नै दुवै गोलमा संलग्न अलावले उत्कृष्ट खेलाडी घोषित भए ।

तपाईको प्रतिक्रिया