राष्ट्रियसभा निर्वाचन : गण्डकीमा मतगणना सुरु

पोखरा ।
गण्डकी प्रदेशमा राष्ट्रियसभा निर्वाचन सकिएलगतै मत गणना सुरु भएको छ । निर्वाचन सकिएलगतै प्रदेश निर्वाचन कार्यालयमा मतगणना सुरु भएको हो । प्रदेशमा २ सय २७ मत मतदान गरेभने २ मतदान गरेनन् ।
गण्डकीमा प्रदेशसभा सदस्य ६०(एक रिक्त छ) स्थानीय तह प्रमुख र उपप्रमुख १ सय ७० गरेर दुई सय २९ जना मतदाता थिए । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा ३ पदका मतदान जारी छ । बुधबार बिहानै ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएकाे थियाे ।
सत्तारूढ गठबन्धनका तर्फबाट महिला क्लस्टरमा नेपाली कांग्रेसकी कमला पन्त, अन्यमा नेकपा (माओवादी केन्द्र)का सुरेश कुमारआलेमगर र दलित क्लस्टरमा माओवादी केन्द्रकै भुवनबहादुर सुनार उमेदवार छन् । प्रतिपक्षी नेकपा (एमाले)का तर्फबाट अन्यमा पुण्यप्रसाद पौडेल, दलित क्लस्टरमा अर्जुनकुमार सुनाम र महिलामा लीला थनेत उमेदवार छन् । । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका एक जनप्रतिनिधि बराबर १८ मतभार हुन्छ । त्यस्तै प्रदेश सांसदको मतभार एक जना बराबर ४८ हुन्छ ।







सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया