सेमिफाइनलमा एपिएफको जित

समाधान संवाददाता २०७८ माघ १२ गते २१:२१

अभिषेक अधिकारी
पोखरा, १२ माघ
आहारारा गोल्ड कपको २० औं संस्करणको पहिलो सेमिफाइनलमा मछिन्द्रलाई ३–१ ले पन्छाउँदै एपिएफ फाइनल प्रवेश गरेको छ । १४ वर्षपछि एपिएफको जितमा सनिस श्रेष्ठ, प्रदीप लामा र नवीन लामाले समान १ गोल गरे । मछिन्दको तर्फबाट १ मात्र गोल ओमोलजा नुरेनले गरे ।

खेलमा दुवै टिमले डिफेन्डरले फ्रकिकमा पाएको पासलाई हेडिङ गर्दै खाता खेलेका थिए । पहिलो अग्रता भने एपिएफकै थियो । खेलको २५ औं मिनेटमा मिडफिल्डर मणि लामाको फ्रिकिकलाई डिफेन्डर सनिस थापाले उत्कृष्ट हेडिङ गर्दै गोलमा परिणत गरे ।

१–० ले पछि परेको मछिन्द्र निकै आक्रामक रुपमा प्रस्तुत भयो । खेलको ४० औं मिनेटमा पाएको फ्रिकिकलाई उसले अवसरमा बदल्यो । करिब ३५ यार्ड टाढाबाट कप्तान सञ्जित श्रेष्ठको फ्रिकिकलाई डिफेन्डर ओमोलाजा नुरियनले हेडिङ गर्दै गोल गरे ।

Advertisement

पहिलो हाफको खेल सकिँदा मछिन्द्र र एपिएफका खेलाडीबीच विवाद भयो । विवादले उग्र रुप लिन थालेपछि एपिएफ मिडफिल्डर आभाष लामिछाने र मछिन्द्र फर्वाड बुद्धराज लिम्बुलाई रेफ्रीले पहेलो कार्ड दिए । मछिन्द्रको तर्फबाट १ मात्र गोल गरेका डिफेन्डर ओमोलाजाले खेलको ७१ औं मिनेटमा दोहोरो पहेंलो कार्ड पाउँदा मैदान बाहिर जानु प¥यो । विवादको समयमा मैदान प्रवेश गरेको भन्दै मछिन्द्रका सहायक प्रशिक्षक रत्नकुमार मर्हजन र एसिस्टेन्ट म्यानेजर विभोर गुरुङलाई पनि रेफ्रीले पहेलो कार्ड थमाए ।

विवादका बेला एपिएफ प्रशिक्षक र पदाधिकारी मैदान प्रवेश गरेनन् । उनीहरुले खेल मैदानको घेराबाहिर रही फोर्थ अफिसियललाई गुनासो गरे । एपिएफका जापानी गोलरक्षक कुरियमा युयाले विवादका बेला दुवै टिमका खेलाडीलाई सम्हाल्न निकै कोसिस गरिरहे । अंग्रेजी कम बुझ्ने, नेपाली बुझ्दै नबुझ्ने युयालाई खेलाडीबीचको विवाद मिलाउन भाषाले छेकेन ।

Advertisement

उनको त्यो स्पोर्टस्म्यान्ससिपले दर्शकको मन छोयो । युयाले खेल अवधिभर नै निकै उत्कृष्ट प्रदर्शन गरे । उनको उत्कृष्ट खेलमा फ्यान भएका दर्शकको उनीसँग फोटो खिचाउन भीड नै लाग्यो ।

खेलको ६४ औं मिनेटमा मछिन्द्र कप्तान रञ्जित धिमालले दोब्रे साइडको कर्नरकिकबाट नै एपिएफको पोस्टमा प्रहार गरे । गोलपोस्टको दाहिने भागमा सोझिएको प्रहार युयाले उत्कृष्ट डाइभिङका साथ बचाउ गरे । खेलपछि समाधानसँग युयाले भने, ‘उक्त प्रहार निकै खतरनाक थियो । मछिन्द्र र एपिएफ १–१ को बराबरीको अवस्थामा एपिएफले थप गोल व्यहोहोरेको भए मेरा खेलाडीलाई निकै सकस पर्ने थियो । त्यसैले मेरा लागि उक्त प्रहार बचाउनु निकै जरुरी थियो ।’

पछिल्ला २ खेलमा राम्रो प्रदर्शन नगरे पनि युयाले प्रशिक्षकले देखाएको विश्वासलाई मछिन्द्र विरुद्धको सोमिफाइनलमा सही साबित गरिदिए । भुटनिजसँगको क्वाटरफाइनलपश्चात समाधानसँग कुरा गर्दै प्रशिक्षक कुमार थापाले युयालाई नेपालमा एडजस्ट हुन समय लागेको र सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका थिए । बुधबारको खेलपछि प्रशिक्षक थापाले युयाको आगमनपछि एपिएफले लिगमा गोल व्यहोेरे पनि हार व्यहोर्न नपरेको सुनाए । उनी भन्छन्, ‘युया हाम्रालागि निकै लक्की छन् ।’

मछिन्द्रलाई ३–१ ले हराउँदै १४ वर्षपछि एपिएफ फाइनलमा

मछिन्द्रका फर्वाड मेसुके इटिजिनले दोस्रो हाफअघि एपिएफको पोस्टमा अनगिन्ति प्रहार गरिरहे । उनका अधिकांश प्रहार पोस्टको निकै परबाट बाहिरिए भने केहीलाई एफिएफ गोलरक्षक युयाले सजिलै निष्फल पारे । पहिलो हाफमा दुवै टिमले उत्कृष्ट प्रदर्शन गर्दै एक अर्कालाई दबाबमा राखेका थिए । खेल १–१ को बराबरीमा रोकियो ।

दोस्रो हाफ पनि निकै प्रतिस्पर्धात्मक थियो । मछिन्द्रले एपिएफलाई दबाबमा राखे पनि विपक्षी गोल रक्षकलाई दबाब पार्न सकेन । खेलको ६८ औं मिनेटमा एपिएफका कप्तान नवीन लामाले प्रदीप लामालाई उत्कृष्ट कर्भ पास मिलाए । मछिन्द्रका ३ डिफेन्डरबाट घेरिएका प्रदीपले बल नियन्त्रणमा लिए । उनले पोस्ट नजिकैबाट सजिलै गोल गरे ।

खेलमा २–१ ले पछि परेको अवस्थामा मछिन्द्र कप्तान डिफेन्डर रञ्जित धिमाल आफैं विपक्षी पोस्टतर्फ लम्काए । उनको त्यो प्रयासलाई एपिएफ मिडफल्डरले सजिलै बिफल पारे ।

खेलको ७७ औं मिनेटमा मछिन्द्र फर्वाड मेसुकेले खेल बराबरीमा ल्याउने सुनैलो अवसर गुमाए । एपिएफका गोलरक्षक युयाले आफूमात्र गोलपोस्टमा रहेका बेला मेसुकेको गोल प्रयासलाई सजिलै बिफल पारिदिए ।

खेलमा ५ मिनेट इन्जिुरी समय थपियो । खेल सकिन केही मिनेट बाँकी रहँदा एपिएफका मिडफिल्डरले विपक्षी गोलपोस्टमा दरिलो प्रहार गरे । मछिन्द्रका गोलरक्षक सूर्य अधिकारीले डाइभ गर्दै बल क्लियर गरे । बचाउ गर्दा रिबाउन्डमा डिबक्सभित्रै बल एपिएफ कप्तान नवीन लामाको कब्जामा पुग्यो । नवीनले निकै सहज तवरले गोल गरे । ३–१ को अग्रतामा एपिएफ १४ वर्षपछि पहिलो पटक आहाराराको फाइनल पुगेको छ ।
खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि ७१ औं मिनेटमा मछिन्द्रका डिफेन्डर ओमोलाजाले दोहोरो पहेलो कार्ड पाउँदा रक्षापंक्तिमा सकस प¥यो । खेलमा १ गोेल गरेका आर्मी कप्तान नवीन सूर्यबहादुर स्मृति उत्कृष्ट खेलाडी घोषित भए ।

मनाङ मस्र्याङ्दीले आहारारामा ६० सालमा पहिलो उपाधि जित्दा एपिएफ प्रशिक्षक कुमार थापाले नै कप्तानी संहालेका थिए । यसै वर्षदेखि पहिलो पटक एपिएफ प्रशिक्षण सम्हालेका थापा आहाराराको उपाधि प्रशिक्षकको भूूमिकामा पनि जित्न चाहन्छन् । तपाई फाइनलमा आर्मीको सामाना गर्न चाहनुहुन्छ या मनाङको भन्ने प्रश्नमा उनी भन्छन्, ‘एपिएफ आहारारामा हरेक टिमको सामना गर्न तयार छ । हामी जुन टिम फाइनलमा पुगे पनि विपक्षीको सम्मान गर्दै खेल्ने छौं ।’

तपाईको प्रतिक्रिया