कास्कीका खनाल साइबर अपराधमा पक्राउ

पोखरा ।
विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा विदेशबाट फर्किएकै दिन शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले १ जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारमा रहँदा सामाजिक सञ्जाल फेसबुकमार्फत महिलालाई साथी बनाई सामाजिक सञ्जालबाट यौन दुव्र्यवहार गरेको आरोपमा कास्कीको रुपा गाउँपालिका ७ बस्ने ३१ वर्षीय मुक्ति खनाललाई पक्राउ गरिएको प्रहरीको साइबर ब्युरोले जनाएको छ ।
उनले म्यासेन्जरमा कुराकानी गरी ललाइफकाई, धाकधम्की र प्रलोभनमा पारी महिलाको नग्न तस्बिर र भिडियो प्राप्त गरी महिलाका आफन्तलाई सार्वजनिक गरिदिने धम्की दिएको ब्युरोले जनाएको छ । वैदेशिक रोजगारीबाट फर्कने क्रममा शुक्रबार विमानस्थल सुरक्षा कार्यालयको सहयोगमा ब्युरोले उनलाई पक्राउ गरेको हो । खनालमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया