कास्की प्रहरीमा एकैसाथ ४ नयाँ भवन

समाधान संवाददाता २०७८ माघ १४ गते १९:१८

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा ४ नयाँ भवन बनेका छन् । शुक्रबार आयोजित समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ती भवन उद्घाटन गरे ।


जिप्रका कास्कीमा हिरासत भवन, ब्यारेक भवन, सिनियर प्रहरी अधिकृत आवास भवन र भान्स घर बनेका छन् । १० रोपनीमा फैलिएको जिप्रकामा यी भवन २०७६ र ०७७ बाट बनाउन थालिएको थियो ।


सम्झौता अवधिभित्रै सम्पन्न सकेर निर्माण कम्पनीले भवन हस्तान्तरण गरेको कास्कीका डिएसपी तथा प्रवक्ता सुन्दर तिवारीले बताए । कायक्रममा इन्जिनियर प्रहरी नायब उपरीक्षक केबिनजंग थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Advertisement


रोयल कन्स्ट्रक्सन धनगढी र जिल्ला प्रहरी कार्यालय कास्कीबीच २०७६ साल माघ १० गते हिरासत भवन, ब्यारेक भवन र सिनियर प्रहरी अधिकृत आवास निर्माण सम्झौता भएको थियो । भवन निर्माणका लागि ७ करोड ६ लाख ११ हजार ८ सय ४२ रुपैयाँ खर्च भएको इन्जिनियर थापाले सुनाए ।


परिसरभित्रका मेस भवन, शौचालय र केही भागमा कम्पाउन्ड वाल निर्माण गर्न १ करोड १४ लाख ३० हजार रुपैयाँ खर्च भएको थापाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । भवन बनाउन र पुनर्निर्माण गर्न जिल्ला प्रहरी कार्यालय र आयन कन्स्ट्रक्सन काठमाडौंबीच २०७७ फागुन १२ गते सम्झौता भएको थियो । सम्झौताको १ वर्षमै निमार्ण कम्पनीले भवन जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको हो ।

Advertisement


सम्पूर्ण भवनका लागि ८ करोड २० लाख ४१ हजार ८ सय ४३ रुपैयाँ लागेको इन्जिनियर थापाले जनाए । भवन निर्माण भएपछि कार्यालयका सकल दर्जाका प्रहरी कर्मचारीलाई उपयुक्त कार्य वातावरण मिलेको एसपी रमेश थापा बताउँछन् ।


‘कार्यरत प्रहरी कर्मचारीको अव्यक्त पीडा अन्त्य भएको छ । यसले कास्की प्रहरीको कार्यसम्पादन स्तरमा समेत सकारात्मक प्रभाव परेको छ,’ एसपी थापाले भने । कास्की प्रहरीका लागि उच्च प्राथमिकतामा रहेका लागुऔषध दुव्र्यसनीसम्बन्धी निरोधात्मक र प्रवर्धनात्मक गरिएको थापाले बताए ।


समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले समाजका समस्या सुल्झाउन प्रहरी पहिलो साथी भएकाले थप जिम्मेवारी बन्नुपर्ने बताए । ‘समाजमा गाह्रो, अप्ठ्ेरो पर्दा बाबुआमाभन्दा प्रहरीमा पुग्नुपर्छ । सबैले अप्ठ्ेरोमा गुहार्ने पनि प्रहरी नै हो । त्यसैले हामी जिम्मेवार बन्नैपर्छ,’ महानिरीक्षक थापाले भने ।


कार्यक्रममा नेपाल प्रहरीसँग सहकार्य गर्ने तथा भवन निर्माण कार्यमा सहयोग पु¥याउने व्यक्तित्वलाई सम्मान गरिएको छ । उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीलाई पनि प्रशंसापत्र वितरण गरियो ।


कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक दिवेश लोहनी र प्रहरी निरीक्षक मुकेश न्यैपानेले बोलेका थिए ।

तपाईको प्रतिक्रिया