राजनिति
स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग

जोमसोम—
नेपाल कम्युनिष्ट पार्टी एमाले समर्थित भातृ संगठन अनेरास्ववियु मुस्ताङले स्थानीय तहको आवधिक निर्वाचनको मिति घोषण गर्न माग गरेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा समक्ष ज्ञापनपत्र हस्तान्तरण गरी स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न अनेरास्ववियू जिल्ला कमिट मुस्ताङले सरकारको ध्यानआर्कषण गराएको हो ।
अनेरास्ववियूका जिल्ला अध्यक्ष पेमा छेतेन विश्वकर्माद्धारा हस्ताक्षरित विज्ञप्तीमा संघीयता कार्यान्वयनसंगै स्थानीय तहका जनप्रतिनिधिहरुको पहिलो कार्यकाल सकिन लाग्दा समेत गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन गर्नतर्फ कुनै चासो नदिएको बताएको छ । कुनै पनि बहानामा स्थानीय तहको निर्वाचन समयमा नगर्ने र स्थानीय तहलाई जनप्रतिनिधि विहिन बनाउने कार्य अस्विकार्य हुने अनेरास्ववियु मुस्ताङले चेतावनी दिएको छ ।सविधान भन्दा माथि परमादेशबाट बनेको गठबन्धन सरकार हुन नसक्ने र सविधान विपरित स्थानीय तहको निर्वाचन पर धकेल्ने कार्य सघीयताको मर्म र भावना विपरित हुने भएकाले यसकार्यको अनेरास्वियु मुस्ताङले भत्र्सना गर्ने जनाएको छ ।
अनेरास्ववियु मुस्ताङको बिज्ञप्तीमा भनीएको छ ,सविधान र लोकतन्त्रको रक्षाका लागि स्थानीय तहको निर्वाचन मिति तुरुन्त घोषणा गर्नुपर्ने उल्लेख गरेको छ । लोकतन्त्रको मुल मर्म र आविधिक निर्वाचन सवैधानिक सर्वोच्चतानै नागरिकको अभिमत भएको जनाएको छ ।परमादेशबाट बनेको प्रतिगामी सत्ता गठबन्धन सरकारले बिभिन्न बहानाबाजी गरी निर्वाचनमा पराजय भोग्ने त्रासले निर्वाचनको मिति घोषणा गर्ने तर्फ आलटाल गरिरहेको अनेरास्ववियु मुस्ताङको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपाली बिद्यार्र्थी आन्दोलनको नेता संगठन र अनेरास्ववियुको स्थापना कालदेखिनै विभिन्न आन्दोलन गरेको र संघीयता कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन अपरिहार्य रहेको बिज्ञप्तीमा भनीएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङको कार्यालयमा पुगेर अनरोस्ववियु मुस्ताङका अध्यक्ष पेमा छेतेन विक,बिद्यार्थी नेता जीवन गोतामे र सुनिल परियार लगायतले संयुक्त रुपमा स्थानीय तहको निर्वाचनको मिति अबिलम्ब घोषणा गर्न सरकारसंग माग गरेका हुन् ।










बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया