चन्द्रकान्त : व्यक्ति एक, व्यक्तित्व अनेक

समाधान संवाददाता २०७८ माघ १८ गते १०:१२


गोविन्दप्रसाद बराल


तत्कालीन गण्डकी अञ्चल कास्की जिल्ला लुकुन्स्वारा गाउँ पञ्चायत वडा नं. ५ हाल पोखरा महानगरपालिका वडा नं. २२ पुम्दी, डाँडाथोकमा पिता डिल्लीराम बराल र माता कलावती बरालको कोखबाट चन्द्रकान्त बरालको जन्म भएको हो । डिल्लीरामका १४ सन्ततिमध्ये साइँला छोराको रुपमा २०१२ सालमा जन्मेका बहुआयामिक व्यक्तित्व हुन् चन्द्रकान्त । बुबाको पहाडी परिवेशको कृषि कर्म र ठूलो परिवारिक माहोलमा जन्मेका चन्द्रकान्त सानै उमेरदेखि तीक्ष्ण बुद्धि र सहासिक उद्यमशील थिए । समयको गति अनुसारको उच्च शिक्षा हासिल गर्ने अवसर भने उनलाई मिल्न सकेन ।


उनमा अन्तरनिहित सिर्जनशीलता र उद्यमशीलताले भने उनलाई सानै उमेरदेखि घच्घचाई रह्यो । आफू सानै र पारिवारिक निर्णयमा भूमिका खेल्न सक्ने उमेर, अवस्थाको नहुँदा नहुँदै पनि आफ्नो मनमा उब्जेका आधुनिक कृषि, कुटिर उद्योग, पशुपालन आदिमा बुबासँग प्रस्ताव राख्ने र बुबाबाट सुनुवाइ भएर सोही बमोजिमका कामकाज घर, परिवारमा हुँदै गर्दा उनी उत्साहित र प्रफुल्लित हुन्थे । ‘छोरा त साँच्चै एउटा नमुना र सफल कर्मवीर हुन्छ कि क्या हो’ भनेर बुबाले घर, परिवारमा भन्ने गरेको अझै पनि उनको मानसपटलमा ताजै छन् । तिनै प्रेरणाले विभिन्न क्षेत्रमा काम गर्दै जाँदा समाज, जिल्ला, प्रदेश हुँदै सिंगै राष्ट्र र वरपरका छिमेकी राष्ट्रसम्म चन्द्रकान्तलाई व्यक्ति एक, व्यक्तित्व अनेक भन्न सकिने उचाइमा पुर्‍याएको छ ।

Advertisement


प्रत्यक्ष र परोक्ष रुपमा चन्द्रकान्तको संग्लग्नताबाट परिवार, समाज र राष्ट्रका निम्ति प्राप्त भएका उपलब्धि सबै समेट्न सम्भव छ जस्तो लाग्दैन । तापनि उनीबाट निष्काम रुपमा सम्पादित र सबैको नजरमा परिसकेका उल्लेख्य क्षेत्र, जहाँ उनको नाम देखा पर्दै छ, तिनीहरुको मात्र फेहरिस्त यहाँ पेश गर्ने जमर्काे गरिएको छ । उनी अझै बढी उत्साहित हुँदै आफ्नो जीवनमा निजत्वबाट माथि उठेर बस्ती, समाज र राष्ट्रका लागि सकेसम्म केही गर्ने दृढ अठोटका साथ प्रण गर्दै छन ।


१) कृषि तथा सहकारीमा चन्द्रकान्त
सुरुमा २०३७ सालतिर स्थानीय तेजप्रसाद बरालको सँगको सहकार्यमा बंगुरपालन व्यवसाय गरेका बराल तत्कालीन अवस्थाको पुरातन सोचाइको तीव्र आलोचनासमेत सहन गर्दै अगाडि बढिरहे । कहिलै पनि हतोत्साहित भएनन् । व्यवसायका उतारचढाव सामना गर्दै गए । कामले काम सिकायो । कृषि, पशुपालन र कुखुरा पालन जस्ता अन्य व्यवसायमा पनि लागिरहे । स्थानीयसँग ऋण, सहयोग र सरसापट लिई सञ्चालन गरेका अधिकांश जस्तो व्यवसाय सफल हुँदै गए । यसबाट उनी र उनको परिवारलाई रोजगार प्राप्त भयो । उनले व्यवसायलाई विस्तार गराउँदै लगानीका लागि बैंक र वित्तीय संस्थासम्म पनि पहुँच पुर्‍याए ।

Advertisement


उत्पादनको बजार खोजीमा लागि विस्तारित व्यवसाय परिवार मात्रले धान्न सक्ने अवस्थामा पुगेन । निजी लगानीका अलावा साझेदारीबाट बिभिन्न फर्म तथा कम्पनी खोली उत्पादनको बजार व्यवस्था गर्न स्थानीय लगायत धेरै व्यक्तिलाई रोजगार दिलाउन उनी सफल भएका छन् । उनी र उनको संग्लग्नतामा सञ्चालन गरिएका व्यवसाय पुम्दी, पोखरा, चितवन, वीरगंज, विराटनगर, हेटौडा, भैरहवा लगायतका क्षेत्रमा छन् । एउटा सानो इकाइबाट व्यवसायमा प्रवेश गरेका चन्द्रकान्त देहायका उद्योग, व्यवसायबाट रोजगारदाता, शुद्ध र ताजा मासु सप्लायर्स, कृषकका उत्पादन खरिदकर्ता र देशको ठूला करादाताका रुपमा परिचित एक इमान्दार तथा सफल व्यवसायी बनिसकेका छन् । उनी संलग्न उद्योग तथा व्यवसाय निम्न छन्ः


क) २०५४ सालमा हिलापोइन्ट पोल्ट्री फर्म प्रालि स्थापना गरी कुखुरापालनको विकास र विस्तारमा योगदान पुर्‍याई बेरोजगार जनशक्तिलाई रोजगार उपलब्ध गराउँदै देशको अर्थतन्त्रमा टेवा पुर्‍याएको छ । रोजगार संख्या १० जना छन् ।
ख) संस्थापकः बराल फिड इन्ड्रस्ट्रिज
रोजगार संख्या १८ जना
ग) सञ्चालक : ओम चाबो बिरो फिड इन्ड्रस्ट्रिज प्रालि
रोजगार संख्या ३०० जना
घ) सञ्चालकः ओम चाबो विरो प्यालेट फिड इन्ड्रस्ट्रिज प्रालि
रोजगार संख्या १५० जना
ङ) सञ्चालकः ओम चाबो बिरो ब्रिडर्स फार्म प्रालि
रोजगार संख्या ५५ जना
च) संस्थापकः– फेवा मिट प्रोडक्ट प्रालि
रोजगार संख्या ३० जना
छ) संस्थापकः– सिटी कोल्ड स्टोर
रोजगार संख्या ७ जना
ज) संस्थापकः फेवा चिकन पोइन्ट प्रालि
रोजगार संख्या ३० जना


२) सामाजिक संघ, संस्थामा चन्द्रकान्त
सफल व्यवसायी चन्द्रकान्त बराल व्यवसायको क्षेत्रमा मात्र दत्तचित्त नभई समाजसेवाका क्षेत्रमा समेत उत्तिकै प्रसशसित र ख्याति प्राप्त व्यक्ति बन्न सफल छन् । लायन्स क्लब अफ इन्टरनेसनल डिस्ट्रिक ३२५ बि १ नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीमा सन् २००० मा प्रवेश गरी संस्थापक सदस्यदेखि अध्यक्षसम्मको पदमा रहेर उनकै सक्रियतामा पोखरा तथा गण्डकी प्रदेशमा रहेका सामुदायिक विद्यालय, वृद्धाश्रम, दलित तथा पिछडिएका गरिब बस्तीमा पुगी बिभिन्न आर्थिक सहयोग, शैक्षिक सामग्री, भवन निर्माण, कम्मल तथा खाद्य सामग्री वितरण भएका छन । बिभिन्न अनाथ, असहाय, उपचार बिमुख बालबालिका र अनाथको उद्धारमा दृढतापूर्वक लागिपर्ने सहयोगदाताको रुपमा चिनिन्छन् उनी ।


३. बैंक तथा वित्तीय संस्थामा चन्द्रकान्त
पोखरा २२ पुम्दीभुम्दीका साना सहकारी सञ्चालनदेखि पोखराका बिभिन्न सहकारी स्थापना र सञ्चालनमा लागिपरेका उनी हाल मुलुकका बिभिन्न जिल्लामा १ सय ११ शाखामार्फत् वित्तीय सेवा प्रवाह गरिरहेको गरिमा विकास बैंकको विगत १४ वर्षदेखि आवद्ध भई संस्थापक सदस्य हँुदै २०७४ देखि २०७७ अध्यक्ष बने ।


४. पुम्दीकोट कोट विकास समिति र धार्मिक पर्यटनमा चन्द्रकान्त
पहिलाको पुम्दीकोट स्थानीय पुम्दीभुम्दीका बासिन्दा र यदाकदा केही विदेशीको आँखामा मात्र पथ्र्याे होला । अहिले त्यही पुम्दीकोट पूर्व मेचीदेखि महाकाली, उत्तर हिमवत क्षेत्रदेखि दक्षिण मदेसका सबै नेपाली, भारतीय नागरिक, युरोप, अमेरिका लगायत विश्वका धेरैको आँखामा पर्न थालेको छ । अहिले विशाल भूमेश्वर महादेवको ५१ फिट अग्लो बसेको मुद्राको मुर्ती प्रतिस्थापन गरिएको छ । अन्तर्राष्ट्रिय ध्यान केन्द्र, शिव कुण्ड, बसाहा र गणेशजीको शिव परिक्रमा अविच्छिन रुपमा देख्न सकिन्छ । यसका अलावा १०८ स्वर्गद्वारी सिँढी, २ सय १६ शिवलिंग, विशाल शिव डम्मरु र कलशले विश्वका जो कोहीको ध्यान तानिरहेका छन् ।


मूर्ति रहेको परिसरबाट देखिने सेता हिमाल, फेवाताल, शान्ति स्तूप र स्थानीय सम्पति र अन्य मनमोहक दृश्यवलीले पुम्दीकोट नेपालका उत्कृस्ट पर्यटकीय गन्तव्य स्थलमा सूचीकृत भइसकेको छ । यो स्थान यस्तो केन्द्रबिन्दु हुनुको श्रेय यस पर्यटकीय स्थलको निर्माण परिकल्पनाकार चन्द्रकान्त बराललाई नै जान्छ । यस सिलसिलामा यो क्षेत्रको विकास गर्न बरालबाट प्रत्यक्ष गरेका केही कार्य यहाँ उल्लेख गरिएको छः

क) २०७३ फाल्गुन ३ देखि १३ गतेसम्म विशाल महायज्ञ सञ्चालन । यसका लागि ६ करोड १८ लाख नगद तथा २० रोपनी जग्गा आर्जन ।

ख) संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारका बिभिन्न मन्त्रालय, बिभाग र कार्यालयबाट यो शिव धाम निर्माणार्थ करिब ६ करोड ५० लाख अनुदान प्राप्त ।

ग) चन्द्रकान्तबाट यस पुम्दीकोट कोट विकास समितिलाई परियोजनाका बिभिन्न कार्य गर्नका लागि १ करोड २० लाख नगद चन्दा प्रदान । यस संस्थाको लागि ५५ लाख को आधुनिक सुविधासम्पन्न स्कोरपियो गाडी प्रदान ।

घ) उनकै पहलमा मूर्तीदाता दानावीर कमल जैनसँग आग्रह गरी ५१ फिट अग्लो करिब ४ करोड मूल्यको मूर्ति प्राप्त र जडान ।

ङ) वीरगन्ज निवासी दानावीर मुरलीधर रुंगाटासँग पटक पटक सम्पर्क र आग्रहबाट १ करोड ५० लाख पुन दान हुने आश्वासन प्राप्त ।

च) धार्मिक मठ, मन्दिर र पीठहरुमा चन्द्रकान्तबाट आर्थिक सहयोग भएका स्थानहरुः
स्याङ्जा छाङ्छाङ्दीमा ८ लाख मूल्यको शिवमूर्ति प्रदान
पर्वत मोदीवेणीमा ८ लाख मूल्यको शिवमूर्ति प्रदान
पर्बत मोदिवेणीमा ८ लाख मूल्यको नरसिंह मूर्ति ५०/५० साझेदारीमा प्रदान
धादिङ सल्यानटारमा ८ लाखको नरसिंह मूर्ति प्रदान
कृस्ति पोखरा शिवढुंगामा ८ लाख बराबरको शिव मूर्ति प्रदान
स्वदेशभित्र रहेका प्रसिद्ध धार्मिक पर्यटकीय स्थल पहिचान गरी प्रति वर्ष एक/एक मूर्ति प्रदान गर्ने प्रण नै गरेको ।
पुम्दीभुम्दीका बिभिन्न स्थानमा र बिशेष गरी भूमेश्वर महादेवस्थान पुम्दीकोट पहुँचका लागि पहुँचमार्ग निर्माण, वरपर देवालय, विद्यालय तथा अशक्त, असहायलाई आर्थिक सहयोग प्रदान गर्दै आएको ।


उल्लिखित विभिन्न कार्यक्रममा अहोरात्र खटिँदा पनि उनमा थकानको महसुस भएको छैन । उनी चाहन्छन् आफ्नो पहलमा भएका विविध कार्यमध्ये पुम्दीकोटमा स्थापित विशाल महादेव मूर्ती र अन्य धार्मिक संरचनाले यस क्षेत्रलाई पशुपतिनाथ मुक्तिनाथ र भारतका बिभिन्न स्थानमा रहेका पीठ, मन्दिरसरह नै यो क्षेत्र पनि एक प्रमुख शक्तिपीठको रुपमा स्थापित होस् । धार्मिक पर्यटकीय दृष्टिले विश्वको आँखा तान्न सक्ने क्षमता भनेर होइन, भएर नै छाडोस् । मध्य नेपाल र गण्डकी प्रदेशका लागि त यो एक अनुपम पहुँच केन्द्र र आस्था पीठ बनोस् । विगतदेखि हालसम्मको चन्द्रकान्त बरालको संघर्ष र सफलता हेर्दा एक जना प्राकृत व्यक्तिसँग कति महान् सोच र उत्प्रेरणा लुकेको हुन्छ भन्ने प्रष्ट हुन्छ । त्यसले परिवार, समाज, राष्ट्र र सिंगै भूगोलमा कति ठूलो छाप छोड्न, अमर र चहकिलो रत्न बनाउन सक्दो रहेछ भनेर हामीलाई सोच्न बाध्य बनाउँछ ।

तपाईको प्रतिक्रिया