स्थानीय तहकाे निर्वाचन जेठ ४ मा हुने !
समाधान संवाददाता
२०७८ माघ १८ गते १६:३१

समाधान संवाददाता
स्थानीय तहकाे निर्बाचन आगामी जेठ महिनाकाे ४ गते हुने भएकाे छ । निर्बाचन आयाेग र प्रधानमन्त्रीबीच जेठ ५ भित्र अर्थात ४ गते नै निर्बाचन गर्ने सहमति भएकाे जानकारी प्राप्त भएकाे छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयाेगका प्रमुख आयुक्त लगायत आयुक्तहरुकाे बैठक भर्खरै सकिएकाे छ । बैठकमा यस्ताे सहमति भएकाे श्राेतले बतायाे । यद्यपी निर्बाचन आयाेगले केही समयमा विज्ञप्ति जारी गरेर औपचारिक जानकारी गराउने बताइएकाे छ ।
यसअघि पाँच दलीय गठबन्धनले निर्बाचन १ वर्ष ढिला गर्ने तयारी गरेका थिए । तर ब्यापक दवाव पछि सत्तारुढ दलहरु जेठ महिना भित्रै निर्बाचन गर्न तयार भएका थिए ।
सरकार जेठ भित्र गर्न तयार भएपनि आयाेग भने जेठ ५ भित्रै चुनाव गर्नु पर्ने अडानमा थियाे । साेही अनुसार सहमति बनकाे बताइएकाे छ ।
सम्बन्धित







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया