पोखराको लेकसाइडबाट ब्राउनसुगर सहित २ जना पक्राउ

समाधान संवाददाता २०७८ माघ १८ गते १९:०३

पोखरा ।

Advertisement


लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय कास्कीको संयूक्त टोलीले सोमबार ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही तिलोत्तमान गाउँपालिका वडा नम्बर २१ बुधबारे का २१ वर्षीय सुमन रौतार थारु र जिल्ला पाल्पा रेब्दीकोट गाउँपालिका वडा नम्बर ८ सोमर बस्ने २१ वर्षीय सुमन रायमाझीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सुन्दर तिवारीले जानकारी दिए । उनीहरुको साथबाट प्रहरीले १३ ग्राम एक सय मिलिग्राम ब्राउनसुगर फेला पारेको तिवारीले सुनाए ।

Advertisement


उनीहरुलाई पोखरा महानगरपालिका ६ लेकसाइडबाट अवैध ब्राउनसुगर खरिद बिक्रि गरिरहेको अवस्थामा फेला पारेको कास्कीका प्रवक्ता समेत रहेका सुन्दर तिवारीले जानकारी दिए । उनीहरुलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा ८ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएकोे तिवारीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया