दुर्घटनापछि कलाभीरमा रेलिङ

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकस्थित कलाभीरमा लामा अमृत फाउन्डेसनले रेलिङ बनाएको छ । सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले १ लाख ४५ हजार खर्चेर रेलिङ निर्माण गरिएको हो ।
घान्द्रुकका होटल तथा पर्यटन व्यवसायी र देश, विदेशमा रहेका दाताको आर्थिक सहयोगमा पक्की रेलिङ निर्माण गरेको फाउन्डेसनका संस्थापक अमृत लामा गुरुङले जानकारी दिए । कलाभीरमा असोज २५ गते जिप दुर्घटना हुँदा चालकसहित ८ जनाले घटनास्थलमै ज्यान गुमाएका थिए ।
दुर्घटनापश्चात् नकारात्मक सन्देश प्रवाह भएको बताउँदै गुरुङले सो क्षेत्र हुँदै यात्रा गर्दा सुरक्षित महसुस गराउन रेलिङ निर्माण गरिएको सुनाए । ‘त्यो दुर्घटना निकै दुखद् थियो । पर्यटकमा पर्न गएको नराम्रो खबरपछि ढुक्क महसुस गराउनका लागि रेलिङ निर्माण गरेका हौं’, उनले भने, ‘त्यो क्षेत्रमा रहेका ५ वटा घुम्तीमा ऐना पनि राखेका छौं । यसले यात्रा थप सुरक्षित बनाउन मद्दत पु¥याउँछ ।’
अमृतले संरचना निर्माण गर्न आर्थिक सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिँदै यसले घान्द्रुक यात्रालाई सुरक्षित बनाउन योगदान गरेको जनाए । ‘त्यो घटनापछि गाउँले पनि हिड्न डराउथे । अहिले रेलिङ बनाइसकेपछि सबै ढुक्क बनेका छन्,’ गुरुङले भने ।
प्हे ल्हु संघ घान्द्रुक अध्यक्ष प्रेम गुरुङले लामा फाउन्डेसनले उदाहरणीय काम गरेको बताए । ‘यसले सकारात्मक सन्देश प्रवाह गरेको छ । अब सहजै सवारी साधन घान्द्रुक भित्रिन सक्छन्’, उनले भने, ‘सरकारी पक्षले यो बाटोमा रहेकाम अरु जोखिम क्षेत्रमा पनि रेलिङहरु निर्माण गर्नुपर्छ ।’
अब ढुक्क भैयो ः यामबहादुर
भारत राजदूतावासको सहयोगमा सञ्चालित एम्बुलेन्सका चालक तथा रेलिङ निर्माण समिति संयोजक यामबहादुर गुरुङलाई अहिले सो क्षेत्रमा यात्रा गर्दा ढुक्क महसुस हुन्छ । उनले अहिले बनेको रेलिङ निकै बलियो भएको बताए ।
‘करिब ८ दिन लगाएर यो काम सम्पन्न गरेका छौं’, उनले भने, ‘योमाथि जति उठेको छ, त्यहाँ भन्दा बढी नै जमिनमा पनि पिसिसी गरेर गाँडेका छौं ।’ उनले सो क्षेत्रमा दुर्घटनापश्चात प्रायः सवारी चालक त्रसित भएको सुनाए । ‘यो ठाउँमा भएको सबैभन्दा ठूलो दुर्घटना नै त्यही थियो । त्यसैले यहाँ आउँदा अलि कस्तो कस्तो लाग्थ्यो अब भने चालकहरु पनि ढुक्क भएको सुनाउँछन् ।’
गुरुङले सो सडक जनस्तरबाटै रकम जुटाएर विस्तार गरिएको स्मरण गरे । सडक विस्तार गर्दा बनेको समितिमा उनी सचिव थिए । सरकारको ३ लाख र स्थानीय समुदायको २ करोड लागतमा सडक विस्तार भएको थियो । ‘यो बाटो गाउँलेले पैसा उठाएर खनेको हो । सरकारको त जम्मा ३ लाख परेको हो । त्यही कारणले पनि बाटोको ग्रेड अलि मिलेको छैन,’ उनले भने ।
अहिले यो सडकका जोखिम क्षेत्रमा ढलानका निम्ति गण्डकी प्रदेश सरकारबाट २० लाख बजेट विनियोजन भएको छ । ‘अब ढलानको काम पनि छिट्टै हुन्छ । हामी तयारीमै छौं’, गुरुङले भने । कलाभीरमा असोज २५ गते ग१ज ६९०० नम्बरको जिप दुर्घटना हुँदा चालक अन्नपूर्ण गाउँपालिका ५ नयाँपुल बस्ने ४२ वर्षीय खुसीमान क्षेत्रीसहित ८ जनाको ज्यान गएको थियो । काठमाडौं ३ गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीया सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशीष आले, २७ वर्षीय विनय क्षेत्रीले पनि सोही घटनामा ज्यान गुमाएका थिए । २० वर्षीया देविका घिसिङलाई सकुशल उद्धार गरिएको थियो ।








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया