स्वास्थ्य

सुनसान मुस्ताङ, थपिदै सक्रमित

समाधान संवाददाता २०७८ माघ २० गते १४:१२


जोमसोम—
मुस्ताङको तापक्रम अहिले माईनस १५ डिग्री माथि छ । हिउँदयामको चिसो र हिमपातका कारण मुस्ताङ सुनसान छ ।मानिसहरु अत्यधिक चिसोका कारण घरभित्रै गुम्सन बाध्य छन् । उपल्लो मुस्ताङमा ८० प्रतिशत र तल्लो मुस्ताङमा ३५ प्रतिशत स्थानीय जाडो छल्न बेसी झरेका छन् । जिल्लाको पर्यटन व्यवसाय तथा विकास पूर्वाधार निर्माणका काम ठप्पै छन् ।
अत्यधिक चिसो र हिमपातका कारण मुस्ताङमा पर्यटक आउन सकेका छैनन् । पोखरा—जोमसोम हवाई सेवा समेत विगत एक महिना अघिदेखि सञ्चालनमा छैन । राष्ट्रिय गौरवको निर्माणधिन बेनी—जोमसोम सडकममा सडक स्तरोन्नतिका लागि ठाउँ ÷ठाउँमा घण्टौ लामो टाईमकार्ड लगाईएको छ । हवाई तथा सडकका कारण मुस्ताङमा पर्यटकको उपस्थिती सुन्य रहेको छ ।स्थानीय नहुँदा र पर्यटक नआउदा मुस्ताङ सुनसान बनेको हो । यद्यपी जिल्ला स्थित सरकारी कार्यालयका कर्मचारी र सुरक्षा निकाय लगायतको भने बेसी र हिमाल आउजाउ भने निरन्तर छ ।
अत्यधिक चिसो र हिमपातका कारण मुस्ताङ सुनसान बनेपनि पछिल्लो समय धमाधम कोरोना सक्रमितको सख्या दिनप्रतिदिन थपिंदै गएको छ ।गत पुस १९ गते सून्य सक्रमितमा झरेको हिमाली जिल्ला मुस्ताङमा अहिले सक्रिय सक्रमितको सख्या १९ पुगेको स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ । गएको पछिल्लो एक महिनामा दर्जनौ व्यक्तिमा कोरोना पोजेटिभ देखिएको भएपनि कतिपय निको भईसकेको स्वास्थ्य प्रमुख टिकाराम भण्डारीले जानकारी दिए ।उनका अनुसार कोरोनाको तेश्रो भेरियन्टसंगै मुस्ताङमा कार्यालयका कर्मचारी,सुरक्षा निकाय ,स्वास्थ्यकर्मी,जिल्ला बाहिरका कामदार र स्थानीयलाई सक्रमण देखिन थालेको हो ।
मौसम प्रतिकुलताका कारण मुस्ताङमा मानव गुल्जार छैन,होटलहरु सुनसान छन् । जिल्ला भित्रका सबै गतिविधि प्राय ठप्पै छन् ।तैपनि जिल्लाको सक्रमणदर भने उकालो चढेको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ ।कोरोनाको दोश्रो भेरियन्टपछि मुस्ताङमा २ सय ५७ जनाको पिसिआर र ४ हजार ४ सय १७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । जसमध्ये ६ सय १३ जनामा कोरोना पुष्ठि भएको थियो ।जसमध्ये ५ सय ४८ जना निको भईसकेका छन् भने १६ जना सक्रमणका कारण मृत्यु भएको थियो ।यस्तै,मुस्ताङमा उपचार हुन नसकी रिफर हुनेको सख्या २९ रहेको छ ।
कोरोनाको तेश्रो भेरियन्टको सख्या वृद्धि भएपनि कोरानाकै कारण मृत्यु हुनेको सख्या सून्य छ ।मुस्ताङका शतप्रतिशत नागरिकले कोरोना बिरुद्ध कोभिसिल्ड,भेरोसिल्ड र जोन्सन एण्ड जोन्सन खोप लगाईसकेका छन् । पछिल्लो समय मुस्ताङमा १२ देखि १८ वर्ष मुनिका बालवालिकालाई मोर्डना खोप लगाउने कार्यक्रम भईरहेको छ । कोरोना विरुद्ध खोप लगाएर ६ महिना पूरा भएका नागरिकलाई रोगप्रतिरोधात्मक कोरोना बिरुद्धको अतिरिक्त बुस्टर खोप लगाउनेकार्य समेत सञ्चालनमा छ । उपल्लो मुस्ताङमा मौसम प्रतिकुलता र स्थानीय नहुँदा बुस्ट खोप र बालवालिकालाई लगाईने मोर्डना खोप अभियान सञ्चालन हुन सकेको छैन ।

Advertisement

तपाईको प्रतिक्रिया