स्थानीय निर्वाचन वैशाख ३० गते गर्ने मन्त्रिपरिषदको निर्णय

समाधान संवाददाता २०७८ माघ २४ गते १६:१७

Advertisement

काठमाडौं । मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले वैशाख ३० गते ५ वर्ष पुग्ने भएकाले सोही दिन निर्वाचनको मिति तोकेको हाे ।

Advertisement

निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ को मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले १८ माघमा ४ जेठ प्रस्ताव गरेको थियो ।

तपाईको प्रतिक्रिया