कास्कीमा बस्यो ५ दलीय गठबन्धनको बैठक, गर्यो यस्तो निर्णय
समाधान संवाददाता
२०७८ माघ २५ गते १३:३०

पोखरा ।
नेपाली कांग्रेस नेतृत्वको सत्ता साझेदार ५ दलका कास्कीका नेताहरुको बैठक मंगलबार पोखरामा बसेको छ । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेलगत्तै बसेको गठबन्धन बैठकले निर्वाचनको स्वागत गरेको छ ।
कास्की कांग्रेस सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्र कास्की अध्यक्ष बखानसिंह गुरुङ, नेकपा एस कास्की अध्यक्ष धनराज आचार्य, जनता समाजवादी पार्टी कास्की अध्यक्ष गिरिप्रसाद गुरुङ र राष्ट्रिय जनमोर्चा कास्की अध्यक्ष रविमोहन ढकाल सहभागी भए । बैठक कांग्रेस पार्टी कार्यालय महेन्द्रपुलमा बसेको थियो ।
बैठकले स्थानीय तहका गतिविधिको अनुगमन गर्दै सुशासन स्थापनका लागि पहल गर्ने र कास्कीमा गठबन्धनलाई मजबुद बनाउँदै चुनावमय बनाउने निर्णयसमेत बैठकले गरेको जानकारी कास्की कांग्रेस सचिव भानुभक्त ढकालले दिएका छन् ।
सम्बन्धित







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया