कमल थापाले छाडे राप्रपा

समाधान संवाददाता २०७८ माघ २५ गते १४:००

समाधान संवाददाता

Advertisement

राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टी छाेडेकाे घाेषणा गरेका । हिजाे मात्र आफू निकटकाे भेलामा नयाँ पार्टी खाेल्ने संकेत गरेका थापाले २४ घण्टा नबित्दै पार्टी छाेडेकाे घाेषणा गरेका हुन् ।

थापाले हेटौँडाबाटै अध्यक्ष राजेन्द्र लिङ्देनलाई राजीनामा पत्र पठाएका छन् । नयाँ पार्टी खोल्ने तयारीमा रहेका थापाले मंगलबार राप्रपाबाट राजीनामा दिएका हुन् ।

राप्रपाकाे महाधिवेशनमा राजेन्द्र लिङ्देलसंग अध्यक्षमा पराजित भएपछि उनी असन्तुष्ट छन् । थापाले पूर्व राजा ज्ञानेन्द्रले आफूलाई हराएकाे दावी गर्दै आएका छन् ।

कट्टर राजावादीकाे छवी बनाएका थापाले नयाँ पार्टी खाेल्दा राजा फर्काउने नीति छाेड्ने तयारी गरेका छन् । उनले हिन्दूवादी पार्टी बनाउने तयारी गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया