पोखराको मेयरमा पहिलो उम्मेदवारी घोषणा गनेस पौडेलको

समाधान संवाददाता २०७८ माघ २६ गते १०:४०

पोखरा ।

Advertisement

लेखक गनेस पौडेलले पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनको यो घोषणा फेसबुकमार्फत सार्वजनिक भएको हो ।

केही समयदेखि फेसबुक खाता निस्क्रिय राखेका लेखक पौडेलले उक्त घोषणा फेसबुकबाटै गरेका हुन् ।

Advertisement

‘जित वा हारभन्दा पर पनि यौटा लडाइँ हुन्छ । दशकौँको बहुमतले समेत कहिल्यै समेट्न नसकेको एकथरी अटेरी मत हुन्छ,’ उनले भनेका छन्, ‘म त्यो लडाइँमा जाँदैछु । यसपटक अटेर गर्दैछु,’ उनले लेखेका छन् ‘आसन्न स्थानीय निर्वाचनमा पोखरा महानगर पालिकाबाट मेयरको पदमा उम्मेदवारी दिने निर्णय गरेको छु, आउनुस् केही गरौँ । अति भो अटेर गरौँ !’

सरकारले आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । त्यसयता देशभरमै उम्मेदवारी सार्वजनिक गर्ने लेखक पौडेलले सम्भवत पहिलो हुन् । पोखरामा त अरु कसैले उम्मेदवारी घोषणा गरेका छैनन् उनी नै पहिलो भएका छन् ।

पौडेलको उपन्यास पैताला प्रकाशित छ ।

तपाईको प्रतिक्रिया