सेकेन्डमा सुन, मिनेटमा काम गरः प्रमुख जिसी

लेखनाथ ।
पोखरा महानगरपालिककाका प्रमुख मानबहादुर जिसीले जनताको सेवालाई प्रथामिकता दिँदै सेकेन्डमा सुन्न र मिनेटमा काम सक्न कर्मचारी र जनप्रतिनिधिलाई अनुरोध गरेका छन् । महानगरपालिका स्थापनासँगै सबै वडाको आफ्नै व्यवस्थित भवन बनाउने कार्ययोजना अन्तर्गतपोखरा ३० को खुदीमा बनेको प्रशासनिक भबन बुधबार उद्घाटन गर्दै प्रमुख जिसीले जनप्रतिनिधि र कर्मचारीलाई उत्तरदायी बन्न आग्रह गरे ।
२ करोड १३ लाखमा भवन बनेको हो ।नयाँ भवनबाट प्रदान गरिने सेवा प्रविधिमैत्री र व्यवस्थित हुन सकेमात्र सुखी नेपाली, समृद्ध नेपाल बन्न सक्ने उनको भनाइ छ । महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले वडा कार्यालय जनताको सबैभन्दा बढी जाने कार्यालय भएकाले यसलाई व्यवस्थित बनाउन महानगर लागिरहेको जनाइन् ।
सहरी योजना आयोगका प्रमुख डा रामचन्द्र लामिछानेले जनतामा विकासको प्रत्याभूति हुने खालका योजना ल्याउनका लागि भौतिक पूर्वाधार पनि महत्वपूर्ण भएको उल्लेख गरे । महानगरपालिका घोषणा हँुदा १७ वटा वडा कार्यालय भाडाका भवनमा थिए । अहिले ९ वटा वडामात्रभाडाका भवनमा छन् । पोखरा २,७,११,१२,१९,२२,२९, ३० र ३२ नम्बरमा वडा कार्यालय भवन बनिसकेका छन् भने वडा नं ६,८,१८ र ३१ मा भवन निर्माण भइरहेका छन् ।
पोखरा ३० का वडाध्यक्ष श्रीराम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य सोमलाल कँडेल र वडा सचिव दुर्गा न्यौपानेले पनि बोलेका थिए ।








सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता
एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु
पोखरामा सय शय्याको जलन अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कार्की चीन प्रस्थान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया