जावा बिएससिक्समा फ्रि सर्भिसिङ

समाधान संवाददाता २०७८ माघ २७ गते १३:२४

पोखरा ।

Advertisement

नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालि अन्तर्गत जावा मोटरसाइकलले अबफोर्टी टु,जावा, र पेराकको बीएस–सिक्स मोडलमा ५ वर्षसम्म फ्रि सर्भिसिङको सुविधा दिने भएको छ ।


जावा मोटरसाइकल प्रेमीले काठमाडौं, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ, बागलुङ र धनगढीका विभिन्न शाखा र डिलरबाट यी मोडलका जावा बाइकमा फ्रि सर्भिसिङ सेवा लिन सक्ने छन् ।

Advertisement


अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान पाएको साथै नेपालमा पनि क्लासिक मोटरसाइकल प्रेमीले निकै रुचाएको जावा मोटरसाइकलका सोरुममा फ्रि लेबर चार्ज सुविधा पनि छ ।

तपाईको प्रतिक्रिया