पोखराका गनेसको ‘अटेरी अभियान’ कोहलपुर पुग्यो

समाधान संवाददाता २०७८ माघ २८ गते १९:१४

पोखरा, २९ माघ
‘आउनुस्, केही गरौं । अति भो अटेर गरौं’ भन्ने उद्घोषका साथ लेखक गनेस पौडेलले पोखरा महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । ‘अटेरी अभियान’ नाम दिइएको यो अभियानलाई सामाजिक सञ्जालमा युवाले राम्रै साथ दिएका छन् ।

Advertisement

पौडेल जसैगरी कोहलपुरमा एक युवा व्यवसायीले मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागि अर्यालले उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन् । पर्यटन व्यवसायीसमेत रहेका अर्यालले कोहलपुरलाई देशकै नमुना नगर बनाउने नारासहित उम्मेदवारी घोषणा गरेका हुन् ।


कोहलपुर ११ मा आफै्रले सञ्चालन गरिरहेको हाम्रो बजारमा उम्मेदवारी घोषणा गरेका अर्यालले आफ्नो उम्मेदवारी कुनै पार्टी र कुनै व्यक्तिका विरुद्ध नभई एक सचेत नेपाली नागरिकका हैसियतले आफूले मेयरमा उम्मेदवारी दिएको बताए । कोहलपुरलाई आगामी ५ वर्षमा विकासमा कार्यापलट गर्नका लागि उम्मेदवारी घोषणा भएको उनको भनाइ छ । २०३९ सालदेखि कोहलपुरमा बसोबास गर्दै आएका अर्याल विकासवादी व्यवसायी मानिन्छन् ।

Advertisement

उनले बाँकेको कोहलपुरमा पहिलोपटक पाँचतारे होटल सञ्चालनमा ल्याएका थिए । अहिले बर्दियामा जंगल सेन्ट्रल प्लाजा रिसोर्ट सञ्चालन गर्दै आएका छन् । केही महिनाअघि मात्रै कोहलपुरमा नयाँ प्रकारको व्यवसाय हाम्रो बजार सञ्चालनमा ल्याएका थिए ।

उनले देशभर अटेरी अभियान नेपालमार्फत स्थानीय तहमा युवा स्वतन्त्र रुपमा निर्वाचन लड्ने बताए । अटेरी अभियानकै नाममा काठमाडौं महानगरमा ¥यापर बालेन शाहले उम्मेदवारी दिइसकेका छन् ।

तपाईको प्रतिक्रिया