राजनिति
मुस्ताङ ः माओवादीको जनयुद्ध दिवस,समाजवादीको एमसीसी बिरोध

जोमसोम—
मुस्ताङमा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजावदीले अलग÷अलग कार्यक्रम गरेका छन् । माओवादी केन्द्र मुस्ताङले २७ औं जनयुद्ध दिवस र समाजवादीले एमसीसीको बिरोधमा कार्यक्रम गरेका हुन् ।
आईतबार घरपझोङ—३ पुथाङ एअरपोर्ट स्थित पार्टी कार्यालय परिसरमा माओवादीले जनयुद्ध दिवस मनाईएको हो । यस्तै ,समाजवादी पार्टीले जिल्ला प्रशासन कार्यालयमा बिरोध कार्यक्रम आयोजना गरेको हो ।
दिवसका अवसरमा पार्टी कार्यालय भवनमा चियापान कार्यक्रमको आयोजना समेत गरिएको थियो । मौसम प्रतिकुलताका कारण उल्लेख्य कार्यकर्ताको उपस्थिती हुन नसकेपनि दुई दर्जन जिल्ला स्तरीय कार्यकर्ताले सशस्त्र जनयुद्धका क्रममा साहदत प्राप्त गरेका सहिदहरुको सम्झनामा जनयुद्ध दिवस मनाएका हुन् । २०४६ सालको आन्दोलनपछि २०५१ साल फागुन २ गत तत्कालिन सरकार बिरुद्ध नेकपा माओवादीले सशस्त्र जनयुद्ध सुरु गरेको थियो । जनयुद्ध सुरु भएको २७ वर्ष पुगेको छ । यस क्रममा माओवादी केन्द्र देशभर जनयुद्ध दिवस मनाएको हो ।
मुस्ताङमा आयोजित समारोहमा बोल्दै नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य धिरेन्द्र ल्वागुनले नेपालमा गणतन्त्र स्थापना र लोकतान्त्रिक शासन ब्यवस्था कायम गर्न जनयुद्धको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले अहिले संघीय शासन ब्यवस्था,धर्मनिरिक्षेपता र समावेशीता जनयुद्धको महत्वपूर्ण उपलब्ध भएको बताए । यस्तै, अर्को प्रदेश कमिटी सदस्य सुकबहादुर विकले जनयुद्धकै बलमा नेपालमा अहिलेको राजनितिक परिवर्तन सम्भव भएको बताए । उनले माओवादी जनयुद्धले नेपाली जनताको हकअधिकार मुखरित भएको उल्लेख गदै अझै जनयुद्धले परिकल्पना गरेको हक अघिकारको सुनिश्चिता हुन नसकेको बताए । यस्तै,नागरिक समाजका अगुवा चन्द्रबहादुर थकालीले माओवादी जनयुद्धकै कारण नेपालमा बिस्तृत शान्ति सम्झौता र गणतान्त्रि शासन ब्यवस्था स्थापित भएको बताए ।
दिवसकै अवसरमा जनयुद्धमा सहित भएका सहितहरुमा श्रद्धान्जली अर्पण गर्दै घाईते अपाङ्गहरुको स्वास्थ्यलाभको कामना गरिएको थियो ।
मुस्ताङमा एमसीसीको बिरोध ः
अमेरिकन मिलियन च्यालेञ्ज कर्पोरशेन ( एमसीसी बिरुद्ध मुस्ताङमा बिरोध प्रर्दशन भएको छ । ‘एमसीसी चाहिदैन ,लागु गर्न पाईदैन ’ भन्ने उदेघोषसहित नेकपा एकिकृत समाजवादी जिल्ला कार्यसमिति मुस्ताङले बिरोध बिरोध प्रर्दशन गरेको हो । एकिकृत समाजवादीको नेता आदी रसाईलीको नेतृत्वमा झन्डै दुई दर्जन कार्यकर्ताले एमसीसीको बिरुद्ध कार्यक्रम गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङको गेटमा धर्ना कार्यक्रम गरिएको थियो । बिरोध प्रर्दशनका क्रममा नेकपा समाजवादी जिल्ला कमिट सदस्य आदित्य रसाईलीले एमसीसी परियोजना नेपालको हितमा नरहेको दावी गरे । उनले ईन्डोप्यासेफिक सैन्य रणनिति अनुसार विकासका नाममा नेपाललाई युद्धको सघारमा पू¥याउने परियोजनाले देशलाई बर्वादीको दिशातर्फ उन्मुख गराउने उल्लेख गरे ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया