हिउँ खेल्न गएका २ किशोर १० दिनपछि मृत फेला

गोरखा ।
हिउँ खेल्न गएका २ किशोर १० दिनपछि मृत भेटिएका छन् । माघ २० गतेदेखि हराएका बारपाक गाउँका १६ वर्षका करण घले र १६ वर्षकै साइँला घले मृत भेटिएका हुन् ।
माघको १९ गते अलिअलि मात्र हिउँ परेको थियो । उनीहरु २० गते हिउँ खेल्न गएका थिए । त्यो दिन बाक्लो हिउँ परेपछि उनीहरु फर्कन सकेका थिएनन । बारपाकबाट प्राय धार्चेडाँडातिर हिउँ खेल्न जाने चलन छ ।
उनीहरु पहिलोपल्ट धार्चे गएको हुँदा हिउँभित्र फँसेर हराएको हुनसक्ने अनुमान थियो । किशोरहरु सम्पर्क विहीन भएको घटनाका बारेमा आफन्तले प्रहरीलाई २३ गते मात्र जानकारी गराएका थिए । स्थानीयबासी र प्रहरीको संयुक्त खोजी टोलीले आइतबार शव फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालका अनुसार उनीहरूको शव धार्चे गाउँपालिका–१ कुन्द्रामा खोंचमा भेटिएको हो । हिउँले पुरिएर हराइरहेको र अहिले हिउँ पग्लिँदै गएर शव देखा परेको हो । घरमा र बाटोमा साथीहरूलाई भेट्दासमेत उनीहरूले लाप्राक हिउँ खेल्न जाने भनेर भनेको र फोनको लोकेसन पनि सोही स्थानमा देखाएको आधारमा प्रहरीले उनीहरूको खोजी गरेको थियो ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया