निको भयो रुपामा भेटिएर पचभैया पार्कमा ल्याइएको त्यो चितुवा

समाधान संवाददाता २०७८ फागुन ३ गते १६:५६


पोखरा ।
महिना दिनअघि रुपा गाउँपालिकास्थित कालिज फारममा पसेपछि समातिएको चितुवा घाइते थियो । जसलाई पचभैयास्थित वन्यजन्तु उद्धार केन्द्रमा ल्याइयो । यतिका समयको उपचारपछि चितुवा निको भएको केन्द्रका व्यवस्थापक विनय अधिकारीले जानकारी दिएका छन् । निको भएको चितुवा सोमबार सानो खोरबाट ठूलोमा सारिएको छ ।

Advertisement


घाइते भएका वन्यजन्तुको उद्धार गर्ने र संरक्षण गर्ने तथा पर्यटक भ्रमणको गन्तव्य बनाउने उद्देश्य साथ वन्यजन्तु उद्धार केन्द्र पचभैयामा चलिरहेको छ । त्यहाँ अहिले चितुवा, वन बिरालो, चित्तल, गिद्ध, हुचिल, नील गाई, रतुवा मृग, अजिंगर लगायत ५० वटा वन्यजन्तु छन् ।

तपाईको प्रतिक्रिया