प्रदेश दिवसको अवसरमा फागुन ४ गते दियो गण्डकी सरकारले विदा
समाधान संवाददाता
२०७८ फागुन ३ गते १८:३४

पोखरा ।
प्रदेश स्थापना दिवसका अवसरमा फागुन ४ गते बुधबार गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
२०७४ साल फागुन ४ गते पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार गण्डकीमा गठन भएको थियो । प्रदेश सरकार गठन भएको दिनलाई नै सरकारले प्रदेश दिवस मनाउँदै आएको छ ।

सम्बन्धित
तपाईको प्रतिक्रिया