विवादित अधिवक्ता अर्याललाई महानगरले कानुनी सल्लाहकारबाट हटायो
समाधान संवाददाता
२०७८ फागुन ३ गते २२:३५

पोखरा महानगरले अधिवक्ता कमल अर्याललाई कानुनी सल्लाहकारबाट पदमुक्त गरेको छ ।
अर्याल ठगी आरोपमा पक्राउ परेपछि मंगलबार राति अबेर महानगरका मेयर मानबहादुर जिसीले उनलाई पदबाट हटाएएको जानकारी दिए ।
अर्यालका विषयमा आएका समाचारबारे ध्यानाकर्षण भएको जनाउँदै मेयर जिसीले घटनाको सत्य, तथ्य छानबिनका लागि प्रशासनलाई अनुरोधसमेत गरेका छन् । उनले भने, ‘घटनाको छानबिनमा असहज परिस्थिति सिर्जना नहोस् भन्नका लागि निज अर्याललर्या कानुनी सल्लाहकारको जिम्मेवारीबाट पदमुक्त गरिएको व्यहोरा जानकारी गराउँदछु ।’
अर्यालले पोखरा महानगरपालिकाबाट भुक्तानी लिएको ५ लाख ७ हजार रुपैयाँ बेरुजु देखाएर महालेखाको प्रतिवेदनले फिर्ता गर्न भनेको छ । महानगरपालिकामा २ जना वकिल छँदाछँदै अर्यालले मुद्दा हेरेर र त्यसबापत पैसा लिएको भन्दै महालेखाले बेरुजु बनाएको हो ।
सम्बन्धित








संकट र सम्भावनाको दोबाटोमा देश
सम्पादकीय—ठूला प्रकरण छानबिन गर
साङ्ता गाउँः जहाँ हत्तपत्त राज्य पुग्दैन
स्याउ बगैंचा स्याहार्दै मुस्ताङका किसान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया