
जोमसोम—
विश्वमै हिमालै हिमालको देशले परिचित छ नेपाल ।यही हिमालको सपना बेचेर नेपालको पर्यटन धानिएको छ । यदी हिमाल हुदैनथ्यो त पर्यटन कहाँ आउथे नेपाल ।विश्वका पर्यटक हिमाल चढ्छन्,हिमाल हेर्छन र हिमाली सौन्दर्यतामा रमाउने गर्छन् ।
हिमाली भेंकमा हिउँ पर्नु अनौठो होईन तर अचेल सहर बजारका पडाडी भुभाग हिउँ पर्दा हिउँ खेल्ने र सेल्फी खिच्नेको ताँती लाग्छ ।वास्तविक हिमालको सौन्दर्यता र हिउँ आनन्द लिनेनै हो भने हिमाली क्षेत्र उक्लिनै पर्छ अनि आउँछ हिउँको मज्जा ।
हिउँ खेल्ने र हिउँसंग लुकामारी खेल्नु मात्र पर्यटनसंग जोडिएको बिषय होईन । हिउँको मज्जा त हिउँ खेलसंगै जोडिएको साहसीक बिभिन्न खेल पनि छन् । सरकारले खेलकुदलाई पर्यटनको स्वरुपमा अथ्र्याएपनि हिउँ खेल प्रर्वद्धन कसरी गर्ने भन्ने बारे सोच्न सकेको छैन । यसतर्फ सरकारको नजर नपुगेको हिउँ खेल हो स्की । सेताम्मे हिउँमा खेलिने खेल भएकाले स्की खेल अन्तराष्ट्रिय स्तरमा लोेकप्रिय ईभेन्टको रुपमा लिने गरिन्छ । तर नेपालमा स्की खेलसंग पर्यटन कसरी जोड्न सकिन्छ भन्नेमा सरकारको ध्यान जान नसककै हो ।
स्कीका उपरकण सामाग्री लगाएर हिउँसंगै चिप्लेटी खेलिने साहसीक खेलको नाम हो स्की ।हिमाल चढ्नु र आईस क्ल्यामिङ गरिनु हिमालसंग जोडिएका पर्यटन होईनन् । हिउंँसंगै चिप्लेटी खेलेर साहसीकता प्रर्दशन गरिनु पनि उक्तिकै चुनौतीपूर्ण खेल हो ।पश्चिमेली मुलुकको प्राथमिकतामा परेको हिउँमा खेलिने खेल स्की नेपालमा अझै प्राथमिकता पाउन नसक्नु दुःखलाग्दो छ । हिमाली क्षेत्रमा अनुकुल मौसममा बग्रेल्ती हिउँ पर्छ । तर, त्यो हिउँको कुनै फाईदा लिन नपाई घाँमसंगै बिलाएर जान्छ ।हिउँमा खेलिने खेलको परिकल्पना र विकास गर्न सके त्यसले नेपालको पर्यटनलाई टेवा पू¥याउन सक्छ । नेपालमा हिउँमा खेलिने यस्तै खेल स्कीको विकास र प्रर्वद्धन गर्दै पर्यटनलाई जोड्ने उद्देश् य बोकेर गठन भयो स्की एशोसिएसन । नेपालमा पनि स्की खेल्नुपर्छ ,पर्यटन भिञ्याउन पर्छ ,अनि हाम्रा खेलाडीलाई तालिम दिएर उत्पादनशील खेलाडी बनाई विश्व माँझ नेपालको उपस्थिती देखाउने मान्यता राख्दै स्की एशोसियसनले पछिल्लो समय स्की प्रति चाँसो दिन थाल्यो ।
हिमाली क्षेत्रका लागि हिउँ प्राकृतिक बरदाननै हो । हिउँले हिमाली क्षेत्रका किसान त खुसी हुने गर्छन्नै तर ,हिउसंग पर्यटनक्षेत्र जोडिन नसक्दा हिमालीक्षेत्रका पर्यटनकर्मीमा खुसी उमंग ल्याउन नसकेकै हो ।हुनत स्की खेल रहर खेल्ने कुरा होईन । यसका लागि प्रशिक्षक र महङ्गा सामाग्रीको आवश्यक पर्छ,जुन बिदेशमा मात्र पाईन्छन् ।सरकारले अन्य कुरामा अनुदान सहुलित दिने गरेपनि स्की उपकरण नेपाल भित्र्याउदा चर्को राजश्व बुझाउनु पर्ने हुन्छ । यसैले यस्ता उपकरण ब्यक्तिसंग हुने त कुरै भएन । नेपाल स्की एशोसियसनसंग केही स्की उपकरण छ ।ब्यक्तिले सहज रुपमा किनेर स्की खेल्न नसकेपनि एशोसियनले भने स्की खेल्न चाहने ब्यक्ति खोजी खोजी मैदानमा उतार्छ ,अनि खेल खेलाउछ ।नेपाल स्की संग अनौपचारिक रुपमा यसप्रकारको खेल खेलाउदै आएपनि सन् २०१६ देखि भने च्याम्पियनसीप राखेरै स्की खेलाउन थालेको हो ।
हिउँ खेल र पर्यटन विकासको सम्भावनाको खोजी गर्दै नेपाल स्की एशोएसियसनले मुस्ताङको मुक्तिक्षेत्रमा स्की रिसोर्ट बनाउने सोचमा छ ।स्थानीय सरोकारवाला ,स्थानीय तह र सरकारले सहयोग गरेमा मुक्तिनाथमा स्की रिसोर्ट बनाउन एशोसिएसन तयार छ । मुस्ताङमा सडकको पहुँच ,अनुकुल भूगोल र प्रसस्त हिउँ पर्ने भएकाले एशोसियनको ध्यान मुस्ताङमा पुगेको हो । मुक्तिक्षेत्रमा स्की हब बन्न सकेमा नेपालकै पर्यटनमा टेवा पुग्ने दावी छ ।तर, आउँदो बैशाखमा सरोकारवाला र स्थानीय तहको सहयोगमा स्कीश्लोप बनाउने तैयारी भईरहेको एशोसियनको भनाई छ । मुस्ताङमा दोश्रो,तेश्रो र चौथौ स्की च्याम्पियनसीप सम्पन्न भईसकेको छ ।
मुस्ताङमा स्की खेलको भविष्य उज्वल रहेको नेपाल स्की एशोसियनका महासचिव बिजय श्रेष्ठले बताए । स्की हिउँसंगै सम्वन्धित खेल रहेकाले एशोसियनले बर्सेनि मुस्ताङमा स्की च्याम्पियनसीप गर्दैआईरहेको उल्लेख गरे ।नेपाल हिमालै हिमालको देश भएको र हिउँमा खेलिने खेल भएपनि नेपालमा स्की खेल अरु खेल भन्दा पछि परेको महासचिव श्रेष्ठले दुखेसो सुनाए ।स्कीको दक्ष खेलाडी उत्पादन गरी राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा नेपालीलाई हिमालसंग सम्वन्धित खेलको विकास गर्दै नेपालको पर्यटनसंग जोड्ने स्की एशोसियनको लक्ष्य रहेको उनको भनाई थियो ।
नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्दराज बैधले हिउँमा खेलिने खेल स्कीको माध्यमबाट टुरिजम र खेललाई एकैसाथ लैजान सके नेपालमा पर्यटनक्षेत्रको विकास हुने दावी गरे ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया