कृषि
थासाङका किसानलाई किबी र नासपतीका बिरुवा बितरण

जोमसोम—
हिमाली जिल्ला मुस्ताङमा किबी खेती सुरु गर्न थालिएको छ ।स्याउको राजधानी मुस्ताङमा पछिल्लो समय किबी खेती गर्न स्थानीय उत्सासहित भएका छन् ।
समून्द्री सतहको १२ सय देखि २४ सय मिटरको उचाईमा किबी खेती हुन्छ । फलफुलहरुको गणनामा मुख्य रुपमा रहेको किबी खेती गर्न डिभिजन बन कार्यालयले सुरु गरेको हो । विगत ७ वर्षअघि मुस्ताङका प्रदेश सांसद चन्द्रमोहन गौचनले थासाङ—४ घाँसामा किबी खेतीको परीक्षण तर व्यवसायिक खेती सुरुआत गरेको थिए । सो परीक्षण सफल भएपछि सो क्षेत्रका स्थानीय किसान किबी खेती गर्नतर्फ लागेका हुन् ।
हिउँदेबालीको रुपमा रहेको किबी खेती सुरुगर्न डिभिजन बन कार्यालयले कृषकहरुबाट माग संकलन गरिएको थियो ।

कृषकको मागका आधारमा कार्यालयले थासाङ—४ को घाँसा र भिप्रा देउराली र थासाङ—५ को छयो र कुञ्जोमा किबी फलफुलको बिरुवा बितरण गरेको डिभिजन बन कार्यालय मुस्ताङका प्रमुख बशन्त केशव अधिकारीले जानकारी दिए । उनका अनुसार बुधबार थासाङको वडा ४ र ५ का किसानलाई ४ सय ५० वटा बिरुवा बितरण गरिएको हो । कार्यालयले किबीको बिरुवा सहित ६ सय बिरुवा पनि बितरण गरेको हो । कार्यालयले स्थानीय स्तरमा पुगेर जनप्रतिनिधिको रोहबरमा निशुल्क बिरुवा बितरण गरेको छ ।

नेपालमा किबी खेती बढ्दो छ ।यो खेती आर्थिक उपार्जन गर्न राम्रो सम्भावना बोकेको पाईएको छ । किबीको फल नियमित खाँदा पाचन प्रणाली ठिक हुने,मधुमेह रोग नियन्त्रण हुनुको साथै भिटामिन सीको मात्रा पूरा गर्ने बताईएको छ ।थासाङको तल्लो क्षेत्रको उचाई र तापक्रम अनुकुल देखिएकाले किबी र नासपती खेती सुरु गर्न सुरु गरिएको डिभिजन बन कार्यालय मुस्ताङले जनाएको छ ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया