कास्कीकी सीता परियार बनिन् सिडिओ

पोखरा ।
कास्की घर भएकी सीता परियार हुम्ला जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएकी छन् । यसअघि कुनै पनि नेपाली दलित महिलाले सिडिओको जिम्मेवारी पाउन सकेका थिएनन् । उनी नै दलित समुदायबाट सिडिओ बन्न सफल पहिलो महिला हुन् । दलित पुरुष भने सिडिओ भइसकेका छन् ।
हुम्लाका प्रजिअ गणेश आचार्यलाई अध्यागमनमा सरुवा गरिएको छ । अध्यागमनका राम बहादुर शाहीलाई झिकेसँगै त्यहाँ रिक्त थियो । गृह मन्त्रालय केही प्रमुख जिल्ला अधिकारी(प्रजिअ)हरूको सरुवा गरेको हो ।
कास्कीको रुपा गाउँपालिका १ थुम्की स्थायी घर भएकी परियारलाई बिहीबार गृह मन्त्रालयले हुम्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सुम्पेको हो । निजामती सेवामा महिलाको संख्या निकै कम भएपनि यसअघि दलितबाट कोही सिडिओ भएका थिएनन् । सीता यसअघि भक्तपुर जिल्ला प्रशासनमा सहायक प्रमुख जिल्ला अधिकारी भएकी थिइन् ।
सीता लोकसेवा आयोगबाट शाखा अधिकृत परीक्षा उत्तीर्ण गरी दशकअघि निजामती सेवामा प्रवेश गरेकी थिइन् । उनले यो अवधिमा ३ वटा उपमहानगरपालिका र नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिसकेकी छन् । तत्कालीन जिल्ला विकास समितिको कार्यालयमा स्थानीय विकास अधिकारीको रुपमा काम गरिसकेकी परियारले यसअघि नै जनकपुरधाम उपमहानगरपालिका, काठमाडौैं, कीर्तिपुर नगरपालिका र चन्द्रगिरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिसकेकी छन् । सीता नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री जीवन परियारकी जीवनसाथी हुन् ।
यसअघि दलित समुदायबाट पुरुषतर्फबाट डा. मानबहादुर विश्वकर्मा, सन्तबहादुर सुनार सिडिओ बनिसकेका छन् ।








कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
पोखरामा गीत सुनाउँदै धनबहादुर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया