अधिवक्ता अर्याललाई पक्राउ गरिएकोमा बार दुखी (विज्ञप्तिसहित)

पोखरा ।
अधिवक्ता कमल अर्याललाई ठगी आरोपमा पक्राउ गरिएकोमा नेपाल बार एसोसिएसन कास्कीले दुख व्यक्त गरेको छ । आफूलाई ठगी गरेको भन्ने पक्षको आरोपको उजुरीपछि अर्याल फागुन ३ गते पक्राउ परेका थिए ।
अर्याल बिहीबार रिहा भइसकेका छन् । पक्षसँगको मिलापत्रपछि उनको रिहाइ भएको हो । कास्की जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष नारायण शर्मा र सचिव युवराज पराजुलीले जारी गरेको विज्ञप्तिमा अर्याललाई पक्रिएको घटनाप्रति दुख व्यक्त गरिएको छ ।
घान्द्रुकका रामबहादुर परियारको भैंसी हराएको सम्बन्धी मुद्दा जिल्ला अदालतमा परेको थियो । त्यसमा अधिवक्ता अर्यालले कानुन व्यवसायी सेवा दिएका थिए । मुद्दाको फैसला परियारको विपक्षमा आएको थियो । मुद्दा जिताइदिएको भनेर त्यसबापत पैसा असुलेको तर फैसलाको पूर्णपाठ आउँदा हारेको आएको भन्दै परियारले अर्याल विरुद्ध ठगीको उजुरी गरेका थिए । उजुरीका आधारमा अदालतको अनुमति लिएर प्रहरीले अर्याललाई पक्रेको थियो ।









संकट र सम्भावनाको दोबाटोमा देश
सम्पादकीय—ठूला प्रकरण छानबिन गर
साङ्ता गाउँः जहाँ हत्तपत्त राज्य पुग्दैन
स्याउ बगैंचा स्याहार्दै मुस्ताङका किसान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया