मनाङका पत्रकार लामिछानेलाई राससले सम्मान गर्ने

हिमालपारिको जिल्ला मनाङमा रही पत्रकारिता क्षेत्रमा योगदान दिदै आईरहेका पत्रकार नविन लामिछाने सम्मानित हुने भएका छन् । दुरदराजको जिल्ला मनाङमा भीषण वर्षा,बाढी पहिरो र हिमपातको बेलामा जोखिम मोलेर निरन्तर उत्कृष्ट फोटो संकलन गरेवापत राष्ट्रिय समाचार समिति (रासस )ले पत्रकार लामिछानेलाई सम्मान गर्न लागेको हो ।
राससको ६१ औं वार्षिकोत्सवको अवसरमा पत्रकार लामिछाने उत्कृष्ट फोटो पत्रकारको रुपमा छनौट भएका हुन् । राससले विभिन्न विधामा ९ जना पत्रकारलाई सम्मान गर्ने भएको छ ।पत्रकार लामिछाने विगत १२ वर्षदेखि निरन्तर मनाङमा रही समाचार र फोटो सम्प्रेषण गर्दै आईरहेका छन् ।
उत्कृष्ट फोटो पत्रकारिता पुरस्कारबाट सम्मानित हुने पत्रकार लामिछानेले नगद १५ हजारसहित प्रमाणपत्रले पुरस्कृत हुने जनाईएको छ । उनलाई आगामी बैशाख १ गते विशेष कार्यक्रममा प्रधानमन्त्रीको हातबाट नगद र प्रंशसापत्रसहित सम्मान गर्ने कार्यक्रम छ ।
पत्रकार लामिछाने नेपाल पत्रकार महासंघ मनाङका अध्यक्ष हुन् ।








निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया