एमालेको मादी ६ मा टोल कमिटी गठन

समाधान संवाददाता २०७८ फागुन ७ गते २०:३२

Advertisement

पोखरा ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले मादी गाउँपालिका वडा नम्बर ६मा टोल कमिटी गठन भएको छ । शनिबार वडा कमिटी सकुलर अनुसार टोल कमिटी गठन भएको अनेरास्ववियु मादीका अध्यक्ष योगबहादुर क्षेत्री (रबि) ले बताए ।

Advertisement


उनका अनुसार शनिबार ५ वटा टोलमा कमिटी गठन भइसकेको सुनाए । ‘ वडाभित्र रहेका राम्चे टोलमा सुनिल बराल, गच्की चासुमा झलक प्रसाद बराल चिप्लिमा माधव प्रसाद ढंगना, सयपत्री टोलमा सुर्य बहादुर मगर र सजुक भेडीखर्कमा रामनाथ बरालको नेतृत्वमा टोल कमिटी गठन छ,’ रविले भने ।

तपाईको प्रतिक्रिया