३६ दिन थुनिएर ५० हजार धरौटीमा छुटे र्यापर लाहुरे

पोखरा ।
अवैध लागु औषध ब्राउन सुगर उपभोग गरेको अभियोग लागेका र्यापर लाहुरे ५० हजार धरौटीमा छुटेका छन् । कास्की जिल्ला अदालतमा थुनछेक बहसपछि उनी मंगलबार रिहा भएका हुन् । उनी पुस १४ गते पक्राउ परेका थिए । उनले प्रहरी हिरासतमा ३६ दिन बिताएका छन् ।
लाहुरेसँगै पक्राउ परेका अरु ३ जना भने पुर्पक्षका लागि जेल चलान भएका छन् । ध्रुव थापा, नवीन गुरुङ र सुस्मिता गुरुङलाई थप अनुसन्धानका लागि थुन्ने आदेश अदालतले गरेको अदालतका सूचना अधिकारी नील पनेरुले जानकारी दिए ।
लाउरेसहित ४ जनालाई कास्की प्रहरीले न्युरोडबाट पुस १४ गते पक्रेको थियो । प्रहरीले करिब १३ ग्राम ब्राउन सुगरसहित लाउरे र अरु ३ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नम्बर २१ घर भएका ३९ वर्षीय ध्रुव थापा, रुपा गाउँपालिका वडा नम्बर ७ घर भएका बिक्की भन्ने ३० वर्षीय नवीनकुमार गुरुङ र पोखरा महानगरपालिका वडा नम्बर ८ सभागृह बस्ने २२ वर्षीय सुस्मिता गुरुङ छन् । सुस्मिताको स्थायी ठेगाना स्याङ्जाको भीरकोट नगरपालिका हो । उनीहरुबाट डिजिटल तराजु १ थान, नगद ३८ हजार ३५० रुपैयाँ, मोबाइल सेट ५ थान स्कुटर १ थान बरामद भएको थियो ।
लाउरे चर्चित नेपाली टिभी रियालिटी सो हिमालय रोडिजका जज पनि हुन् ।लाहुरे लागुऔषध सेवनकर्तामात्र रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष थियो ।








ओशो, प्रकृति र वनस्पति
भिजिट भिसा प्रकरण : सहसचिव तीर्थराज भट्टराई र अधिकृत अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सरकार र ‘जेन–जी’ बीचको सम्झौतालाई ओलीले भने : गोबरमाथि नाग टाँसेको कलाविहीन नाटक
संकट र सम्भावनाको दोबाटोमा देश
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया