विदेशी नागरिकको शव पोखरा पठाईयो

सुन्दरकुमार थकाली २०७८ फागुन ११ गते ११:४२

जोमसोम—

Advertisement

गत आईतबार साँझ मृत अवस्थामा फेला परेका एक अमेरिकन नागरिकको शव पोस्टमार्टमका लागि पोखरा पठाईएको छ ।जिल्ला अस्पताल जोमसोममा पोस्टमार्टमका लागि चाहिने आवश्यक उपकरण नहुँदा अमेरिकन नागरिक जेवई एल पेरीको शव मुस्ताङबाट पोखरा पठाईएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।उनको शव जिल्ला अस्पताल जोमसोममा दुई दिन राखिएको थियो ।
विदेशी नागरिक पेरी मृत फेला परेपछि आवश्यक कारवाही प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङले प्रहरी प्रधान कार्यालयको वैदेशिक महाशाखामार्फत काठमान्डौं स्थित अमेरिकन दुतावासलाई पत्रचार गरिएको थियो ।अमेरिक दुतावासले नेपालको कानुनी प्रक्रिया अपनाएर शवको अन्त्यष्टि गर्न मुस्ताङ प्रहरीलाई अनुमती दिएको प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए । दुतावासको पत्रपछि प्रहरीले मुस्ताङ जिल्ला अस्पताललाई पोस्टमार्टम गर्न पत्रचार गरेको थियो ।पोस्ट मार्टम गर्न प्रहरीले अनुरोध गरिएपनि अमेरिकन नागरिक पेरीको शव मुस्ताङमा पोस्टमार्टम हुन नसक्दा गाडीमा राखेर सुरक्षाकर्मीसहित पोखरा पठाईएको प्रहरी निरीक्षक अधिकारीले बताए ।
यता,जिल्ला अस्पताल जोमसोमका मेडिकल सुपरिटेन्डेन विशाल तिवारीले जनशक्ति भएपनि पोस्टमार्टमका लागि आवश्यक श्रोतसाधन हुन नसक्दा विदेशीको शव पोखरा पठाउन परेको बताए । उनले मुस्ताङ अस्पतालका लागि चाहिने पोस्टमार्टम गर्ने आवश्यक उपकरण प्रदेश सरकारलाई माग गरिएको जानकारी दिए ।
नेपाल बसाईको भिसा अवधि सकिएर पनि लुकिछिपी लामो समयदेखि मुस्ताङ बस्दै आईरहेका अमेरिका स्थित क्यालिफोर्नियाका ५१ वर्षीय नागरिक पेरीको मुस्ताङ बस्ने क्रममा वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीको होटल रेड हाउँसमा मृत अवस्थामा फेला परेको थियो ।होटलका कर्मचारीले मृत्यु भएको खबर प्रहरीलाई जानकारी गराईएपछि उनको शव जिल्ला अस्पताल जोममसोममा ल्याईएको थियो ।
लुकिछिपी बसेका अमेरिन नागरिक पेरी सन् २०१९ को नाभेम्बर ५ तारिखमा नेपाल आएका थिए । उनले नेपाल बस्न ४ पटक गरी ४ महिना १३ दिनको भिसा अवधि नविकरण गरेका थिए । उनको अन्तिम भिसा अवधि सन् २०२० को मार्च १८ मा सकिएको थियो । त्यसपछि उनले भिसा नविकरण गरेका थिएनन् ।उनी सन् २०२१ को डिसेम्बर १० तारिखमा मुस्ताङ प्रबेश गरेका थिए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया