जिपको ‘प्रिमियम’ सोरुमा पोखरामा

समाधान संवाददाता २०७८ फागुन ११ गते १४:००

पोखरा ।
जिप ब्रान्डको सोरुम बुधबारदेखि पोखरामा सुरु भएको छ । नेपालका लागि जिप ब्राण्डको आधिकारिक विक्रेता एमएडब्लु लाइपलले पोखरामा सोरुमकाे सुरुवात गरेको हो । पोखराको उत्तम चोकमा दुई हजार स्क्वायर फिटमा फैलिएको जिपको रेटेल आउटलेट ग्राहकलाई ‘प्रिमियम एक्सपिरियन्स’ गर्ने प्रमियम अटो ग्रुपका संस्थापक सन्तोष बास्तोलाले बताए ।

Advertisement


सोरुमको उद्घाटन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विश्व प्रसिद्ध अटोमोबाइल ब्राण्ड पोखरा ल्याएकोमा बधाइ दिएका छन् । कार्यक्रममा नाडाका अध्यक्ष ध्रुव थापाले पोखराको सडकमा पनि देखिन थालेको र यसको भविष्यमा राम्रो भएको बताए ।


साेरुमका संस्थापक शिवनाथ सिग्देलका अनुसार जिपले आफ्नो बाण्डको देशभर विक्री तथा विक्रिपछिको ग्राहको ख्याललाई मध्यनजर गरिने बताए । जिपले यसै आर्थिक वर्षमा चार अन्य स्थानमा सोरुपम र सर्भिस आउटलेट सुरु गर्छ । जसले भौगोलिक क्षेत्र र कस्टमर बेस कभर गर्ने संस्थाका अर्का संस्थापक दर्शन लामाले बताए ।

Advertisement


सोरुम ३ सय ६५ दिन नै खुला रहने बास्तोलाले सुनाए । कोभिड महामारिको बेलामा पनि जीपले ‘इम्प्रेसिभ ग्रोथ गरेकाले पछिल्लो समय जिप ग्राहको रोजाइमा परेको उनले बताए ।

तपाईको प्रतिक्रिया