पल शाहविरुद्ध तनहुँमा बलात्कारको जाहेरी दर्ता

समाधान संवाददाता २०७८ फागुन ११ गते १७:२१

पोखरा ।
बलात्कारको अभियोगमा अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएको छ । नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोगमा उनीविरुद्ध तनहुँमा जाहेरी दर्ता तनहुँ प्रहरीले जनाएको छ ।

Advertisement


यस अघि कास्कीमा प्रयास गरिए पनि कार्यक्षेत्र नपर्ने भन्दै त्यहाँको प्रहरीले नमानेपछि तनहुँमा शाहविरुद्ध जाहेरी दर्ता भएको बताइएको छ । बालिकाको परिवारले तनहुँ आएर जाहेरी दिएको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया