मुस्ताङमा रौनियार बस सेवाको भाडा अरु भन्दा ३० प्रतिशत सस्तो

जोमसोम—
पछिल्लो समय सरकारले पटक÷पटक पेट्रोलियम पदार्थको मूल्य दिनप्रतिदिन वृद्धि गरेपनि मुस्ताङमा संञ्चालित जीएसआर टूर्स एण्ड ट्राभल्स प्रालि अन्तर्गत रौनियार बस सेवाले यात्रुलाई सस्तो भाडा दरमा यात्रा सहज बनाएको छ । विगत ८ महिनादेखि मुस्ताङका अन्य प्रालिको बस सेवा भन्दा ३० प्रतिशत कम भाडा दरमा यात्रु ओसार—पोसार गर्ने गरेको जनाएकोे छ ।
जीएसआर टूर्स एण्ड ट्राभल्स प्रालिले जोमसोम—पोखरा र जोमसोम—काठमान्डौंसम्मको बस सञ्चालन गर्दैआईरहेको छ ।जसअन्तर्गत प्रालिे जोमसोम—पोखरा ९ सय ५० र जोमसोम—काठमान्डौं १ हजार ६ सय ५० भाडादरमा बस सेवा सञ्चालन गरेको रौनियार बस सेवाका प्रोपाईटर गिरिजा शंकर रौनियारले जानकारी दिए । तत्काल प्रालि अन्तर्गत ३ वटा बसले दैनिक रुपमा सेवा दिदै आईरहेकोे उनले बताए ।
मुस्ताङमा अन्य प्रालि अन्तर्गतका बस सेवाले जोमसोम—पोखरा १ हजार ४ सय र जोमसोम—काठमान्डौं २ हजार ४ सय ५० रुपैया भाडा कायम गरेको र आफुहरुले सस्तो र सर्वसुलभ भाडामा यात्राुलाई आरामदायी सेवा प्रदान गरेको प्रालिका प्रोपाईटर रौनियारले जानकारी दिए । उनले चाँडै प्रालिमा थप बसको संख्या बढाउने तैयारी भईरहेको बताए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया