पोखरामा लागू औषध कारोबारी पक्राउ

समाधान संवाददाता २०७८ फागुन १२ गते १८:५०

पोखरा ।
पोखरामा एक जना लागू औषध कारोबरी समातिएका छन् । पोखरा १० रक्षामार्गबाट उनी समातिएका हुन् ।

Advertisement

लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले म्याग्दी रघुगंगा गाउँपालिका ७ चिमखोला स्थायी घर भई हाल पोखरा १० रक्षामार्ग बस्ने वर्ष २१ को सन्दिप पुनलार्य प्रहरीले समाएको हो ।


प्रहरीले उनको साथबाट लागू औषध डाईजापाम७५ एम्पुल, फेनेरागन ७५ एम्पुल र नुर्फिन७५ एम्पुल गरी जम्मा२२५ एम्पुल लागू औषध बरामदमा लिएको हो । प्रहरीले उनको साथबाट मोबाईल १ थान सहित नियन्त्रणमा लिएको हो । जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरि अनुसन्धान अघि बढाएको कास्की प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया