भोलि एमाले अध्यक्ष केपी ओली पोखरा आउने
समाधान संवाददाता
२०७८ फागुन १२ गते १८:५७

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन १३ गते पोखरा आउने भएका छन् ।
एमाले गण्डकी प्रदेश संगठन कमिटीको प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा भाग लिन ओली पोखरा आउन लागेको प्रदेश उपसचिव रश्मी आचार्यले जानकारी दिए । उक्त कार्यक्रममा विभिन्न पार्टीका सयौं नेता तथा कार्यकर्ता एमाले प्रवेश गराउने तालिका रहेको आचार्यले बताए ।
स्थानीय तहको निर्वाचनको पूर्व तयारीका सन्दर्भमा सम्बन्धमा समेत कार्यक्रममा छलफल हुने भएको छ । कार्यक्रम पोखरा सभागृहमा दिनको ठिक ११ बजे तय गरिएको छ ।
सम्बन्धित







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया